युट्युबले लाइभ च्याट समरीज, च्यानल क्यूआर कोड र सर्ट्सका लागि इफेक्ट्स परीक्षण गर्दै

Technology Khabar ४ असार २०८१, मंगलवार

काठमाडौं ।

युट्युबले आफ्नो नवीनतम परीक्षण सुविधाहरू साझा गरेको छ जुन चाँडै केही च्यानलहरूको लागि उपलब्ध हुनेछ। यसमा एआई लाइभ च्याट समरीज, गुगल लेन्स सर्च र च्यानलहरूको लागि क्यूआर कोडहरू समावेश रहेका छन्।

यद्यपि यी नयाँ फिचर्स (सुविधाहरू) युट्युब प्रयोग कार्यक्रमको हिस्सा भएका प्रयोगकर्ताहरूको सानो समूहका लागि मात्र एक्सक्लुसिभ रहनेछन् र सर्वसाधारणका लागि उपलब्ध नहुन सक्ने एक रिपोर्टमा भनिएको छ।

युट्युबको एआई लाइभ च्याट समरीजले अंग्रेजीमा लाइभ स्ट्रिम्स र “सुपर एक्टिभ लाइभ च्याट कर्भसेसन्स” भएका च्यानलहरूको लागि मात्र काम गर्ने जनाइएको छ। साथै योग्य च्यानलहरूले लाइभ च्याटको टप (शीर्ष) मा कमेन्ट सेक्सनको सारांश दिने विकल्पको साथ एक विशेष ब्यानर पाउनेछन्।

त्यसैगरी युट्युबले गुगल लेन्सलाई सर्च बारमा ल्याउने थप उल्लेख छ। एन्ड्रोइड प्रयोगकर्ताहरूको सानो प्रतिशतले सर्च बारमा लेन्स बटन देख्नेछन् जसले तिनीहरूलाई विश्वको दोस्रो सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइटमा सामग्री खोज्न अनुमति दिने जनाइएको छ।

यसबाहेक च्यानल क्यूआर कोडहरूले क्रिएटर्स (सिर्जनाकर्ताहरू) लाई आफ्ना च्यानलहरू छिटो र सजिलो तवरले अरूसँग साझेदारी गर्नलाई अनुमति दिनेछ। समर्थित प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलबाट क्यूआर कोड उत्पन्न गर्ने विकल्प पनि प्राप्त गर्नेछन्।

युट्युब सर्ट्सले एउटा नयाँ इफेक्ट्स बटन पनि प्राप्त गर्ने भएको छ जसले छोटो ढाँचाका भिडियोहरूलाई थप आकर्षक बनाउन प्रयोगकर्ताद्वारा उत्पन्न इफेक्ट्स समावेश गर्ने छ।

साथै यो वर्षको अन्त्यमा थप प्रयोगकर्ताहरूमा सर्ट इफेक्टहरू आउने युट्युबले पुष्टि गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ असार २०८१, मंगलवार

तपाइको प्रतिक्रिया