ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

Technology Khabar १९ जेष्ठ २०८१, शनिबार

काठमाडौं ।

ह्वावेद्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता शुक्रबारदेखि खुलेको छ।

‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो। यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपनलाई प्रवर्द्धन गर्ने बताएको छ।

कम्पनीले स्नातक तहका विद्यार्थीहरूका लागि आवेदन खुला भएको र इच्छुकले डब्लुडब्लुडब्लु सीड्सएनईपी डटकम (www.seedsnep.com) वेबसाइट मार्फत आफ्नो नाम जून ९ सम्म दर्ता गर्न सक्ने जानकारी दिएको छ।

एक कार्यक्रमका बिच ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ को घोषणा भएको थियो।

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले भने, “ह्वावे नेपालमा २५ वर्षदेखि राम्रोसँग कनेक्टेड विश्व निर्माण गर्न समर्पित छ। ‘सीड्स फर द फ्युचर कार्यक्रम’ नेपालमा युवा प्रतिभाको पालनपोषण र नवप्रवर्तनको लागि एउटा ज्वलन्त उदाहरण हो। यो नवप्रवर्तन पहलले ज्ञान विस्तार र क्षमता निर्माणलाई प्रतिबिम्बित गर्दछ, जुन कुनै पनि समाजको उन्नतिको लागि महत्त्वपूर्ण छ।”

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले भने- “ह्वावेको उपस्थिति व्यापारिक प्रयासहरू मार्फत मात्र नभएर क्याम्पस भर्ना, ज्ञान हस्तान्तरण र विश्वविद्यालयको सहकार्यका साथै सीड्स फर द फ्युचर जस्ता स्थानीय प्रतिभा कार्यक्रमहरूको निरन्तर पहलद्वारा पनि आईसीटी क्षेत्रमा साँच्चिकै रूपान्तरणकारी भएको छ।”

ह्वावेका प्रमुख कार्यकारी अधिकृत, ह्वांगजुनले भने, “यो कार्यक्रमद्वारा ह्वावेले उज्ज्वल दिमागको विकासको प्रतिबद्धता गरी, प्राविधिक नवाचार र अन्तर-संस्कृतिक आदानप्रदानलाई बढावा दिन्छ। यस कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवले हाम्रा युवा प्रतिभाहरूलाई डिजिटलमा नेतृत्व लिन सशक्त बनाउनेछ। उनीहरु आज बिउ हुन् जो भविष्यका आविष्कारकहरू, उद्यमीहरू र राष्ट्रका प्राविधिक नेताहरू बन्नेछन।”

उनले यस कार्यक्रममा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख तथा युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले भने, “युनेस्को र  ह्वावेसँग विज्ञान प्रविधि र शिक्षालाई अगाडि बढाउन विश्वव्यापी रूपमा काम गर्ने विश्वव्यापी साझेदारी छ। यो विज्ञान र दिगो विकासको लागि अन्तर्राष्ट्रिय दशकको पहिलो वर्ष हो भन्ने तथ्यलाई ध्यानमा राखेर हामीले यो सहकार्य गरेका हौं। अन्तर्राष्ट्रिय दशकले हामीलाई जे गर्न आह्वान गरिरहेको छ, त्यसलाई वास्तविक रूपमा अगाडि बढाउने यो अर्को शुभ माध्यम हो।”

काठमाडौं विश्वविद्यालयका उपकुलपति, प्रा डा भोला थापाले भने, “द्रुत प्राविधिक विकासले परिभाषित गरेको युगमा स्थानीय प्रतिभाहरूको सशक्तिकरणको महत्त्वलाई बेवास्ता गर्न सकिँदैन। ह्वावेको सीड्स फर द फ्युचर कार्यक्रम हाम्रा विद्यार्थीहरूलाई डिजिटल नेपालको वास्तुकार बन्न सशक्त बनाउने, उनीहरुको क्षमतालाई खोल्न सहयोगी र मार्गदर्शनको रूपमा प्रमाणित बनेको छ।”

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डीन, प्रा डा शशिधर राम जोशीले भने,“सीड्स फर द फ्युचर नेपाल २०२४ जस्ता कार्यक्रम हाम्रा विद्यार्थीहरुका लागि धेरै प्रभावशाली रहेका छन्। मैले हाम्रा विद्यार्थीहरुले अमूल्य आईसीटी सीपहरू, जसले उनीहरुलाई यस डिजिटल युगको लागि तयार गरिराखेको छ। यो कार्यक्रमले हाम्रा युवाहरूलाई नवप्रवर्तन गर्नका लागि तयार गर्छ, उद्यमशीलतालाई बढावा दिई नेपालको विकास  प्राविधिक क्षेत्रलाई विश्वव्यापी गराउछ।

यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि यहाँ सह-आयोजक र युनेस्को रणनीतिक रूपमा रहेको छन्।

यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य, र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन्।

‘सिड्स फर द फ्युचर नेपाल’ को विजेता चीन गइ, त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन। भ्रमणका क्रममा उनीहरुले उद्योग विशेषज्ञहरु द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिने जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८१, शनिबार

तपाइको प्रतिक्रिया