४० करोड ४३ लाख खर्च भईसकेको राष्ट्रिय एकद्वार प्रणालीमा केवल १८ निकाय मात्र आबद्ध

Technology Khabar १३ जेष्ठ २०८१, आईतवार

काठमाडौं ।

नेपाल सरकारले अन्तराष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न विश्व बैङ्कको सहयोगमा संचालनमा ल्याएको राष्ट्रिय एकद्वार प्रणाली पूर्णरुपमा संचालनमा ल्याउनुपर्ने महालेखापरीक्षकले सुझाब दिएको छ।

आज सार्वजनिक भएको महालेखापरीक्षकको एकसट्ठिऔँ वार्षिक प्रतिवेदनले नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालन निर्देशिका, २०७८ तयार गरी सञ्चालनमा ल्याएको उल्लेख गर्दै निकासी पैठारीसँग सम्बन्धित विभिन्न ४८ निकायलाई भन्सारको एउटै विद्युतीय प्रणालीमा आबद्ध गर्नुपर्नेमा हालसम्म १८ निकाय मात्र उक्त प्रणालीमा आबद्ध भएको जनाएको छ।

उक्त प्रणालीको विकास, सञ्चालन, गुणस्तर आश्वस्तता, अनुगमन र नियमित मर्मत सम्भारमा हालसम्म रू. ४० करोड ४३ लाख ७ हजार खर्च भइसके तापनि विभिन्न ३० निकायमा प्रणाली जडान कार्य बाँकी रहेको तथा प्रणाली जडान भएका केही निकायले समेत सो प्रणाली सञ्चालनमा नल्याएका खुलासा गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया