तीन करोड ५५ लाख ग्राहकले चलाउँछन् मोबाइल टेलिफोन, इन्टरनेट ग्राहकको घनत्व १४३.८ प्रतिशत

  • Technology Khabar | १३ जेष्ठ २०८१, आईतवार
तीन करोड ५५ लाख ग्राहकले चलाउँछन् मोबाइल टेलिफोन, इन्टरनेट ग्राहकको घनत्व १४३.८ प्रतिशत
स्मार्टफोनबाट भिडियो खिच्दै युवाहरु। फाइल तस्विर

काठमाडौं ।

देशभित्र इन्टरनेट ग्राहकको सङ्ख्या बढ्दै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म इन्टरनेट ग्राहकको घनत्व १४३.८ प्रतिशत पुगेको छ।

यसअघि यस्तो घनत्व २०८० असारसम्म १३५.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

सञ्चार तथा सूचना मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार मोबाइल टेलिफोन ग्राहकको घनत्व २०८० फागुनसम्म १२१ दशमलब ६ प्रतिशत रहेको देखिन्छ।

यसैगरी मोबाइल टेलिफोन ग्राहक संख्या सो अवधिमा कुल ३ करोड ५५ लाख रहेको छ।

सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार सो अवधिमा ७५३ स्थानीय तहको केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको छ भने अप्टिकल फाइबर बिस्तारको १४ हजार ५३ किलोमिटर रहेको छ।

तथ्यांकअनुसार फागुनसम्म फिक्स्ड ब्रोडब्याण्ड सेवा बिस्तार ४७ दशमलब ७ प्रतिशतमा पुगेको छ भने मोबाइल ब्रोडब्याण्ड सेवा ९६ दशमलब १ प्रतिशतसम्म रहेको उल्लेख छ।

प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...