कम्प्यूटर मनिटरमा डेलको नक्कली लोगो लेबलिङ गरेर बिक्री गर्ने २ जना पक्राउ

  • Technology Khabar | ६ जेष्ठ २०८१, आईतवार
कम्प्यूटर मनिटरमा डेलको नक्कली लोगो लेबलिङ गरेर बिक्री गर्ने २ जना पक्राउ
काठमाडौँ,६ जेठः आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरे । तस्बिर ः विमलबहादुर बिष्ट/रासस

काठमाडौं ।

सादा कम्प्यूटर मनिटरमा नक्कली लेबलिङ गरेर बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली कम्पनीको लेबलिङ गरिएको तथा गर्दैआएको अवस्थामा वर्ष २२ को तुसार अग्रवाल र नक्कली कम्पनीको लेबलिङ गरी न्यूरोडस्थित पसलमा बेचबिखन गर्ने उमेश मुडभरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले का.मा.न.पा.–२२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी बेचबिखन भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा तुसार र उमेशलाई पक्राउ गर्न सफल भएको नेपाल प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

हाल कामनपा–२२ बस्दै आएका बर्माका नागरिक तुसार अग्रवालबाट कम्पनीको लोगो सहितको मनिटर दश कार्टुनको पाँचका दरले पचास थान, लोगो बिनाको ३७ कार्टुनको पाँचका दरले १८५ गरी २३५ थान र उमेश मुडबरीबाट कम्पनीको लोगो सहितको मनिटर ६ थान गरी जम्मा २९१ थान कम्प्युटर बरामद गरी २ जनालाई नियन्त्रण लिएको नेपाल प्रहरीले बताएको छ।

प्रकाशित: ६ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार