सन् २०३० सम्ममा वार्षिक ६ करोड ईभी बिक्री गर्ने चीनको लक्ष्य

  • Technology Khabar | २२ बैशाख २०८१, शनिबार
सन् २०३० सम्ममा वार्षिक ६ करोड ईभी बिक्री गर्ने चीनको लक्ष्य

काठमाडौं ।

चीनको अटोमोबाइल उद्योगले सन् २०२३ मा पहिलो पटक उत्पादन र बिक्री दुवैमा गरी ३० मिलियन एकाइहरू पार गर्दै ऐतिहासिक कोसेढुङ्गगा पार गरेको छ। यो महत्त्वपूर्ण उपलब्धिले विश्वको अग्रणी अटो बजारको रूपमा चीनको स्थितिलाई बलियो बनाउनुका साथै र इलेक्ट्रिक भेहिकल (ईभी) क्षेत्रमा अझ ठूलो प्रभुत्व कायम गर्ने देखिएको छ।

उद्योग विशेषज्ञहरूले सन् २०३० सम्ममा विश्व बजारको ६० प्रतिशत हिस्सा ओगट्ने सम्भाव्यताका साथ चीनको ईभी उद्योगको उज्यालो भविष्यको भविष्यवाणी गरेका छन्। साथै यसले ६ करोड ईभीहरूको अनुमानित वार्षिक बिक्रीको अपेक्षा गर्छ, जुन हालको विश्वव्यापी आंकडामा ठूलो वृद्धि हो।

चीनसँग विश्वव्यापी अटोमोबाइल बजारको कमाण्डिङ ३२ प्रतिशत र विश्वव्यापी ईभी बजार शेयरको ६० प्रतिशत भन्दा बढीको पकड भएको हुनाले चीनको ईभी उद्योगको भविष्य उज्यालो र आशावादी देखिएको जनाइएको छ।

त्यसैगरी, ईभीक तर्फको परिवर्तनले चीनलाई “ओभरटेक अन ए कर्भ” गर्ने अनौठो अवसर प्रदान गर्नेछ। युरोप, अमेरिका र जापानका परम्परागत अटोमेकरहरूले यसअघि इन्टरनल कम्बसन इन्जिन टेक्नोलोजीमा आफ्नो विशेषज्ञताका साथ बजारमा प्रभुत्व जमाएका थिए।

ब्याट्रीहरू, मोटरहरू र इलेक्ट्रोनिक कन्ट्रोल्सहरू ईभीका मुख्य भागहरू भएको र ती क्षेत्रहरूमा चीनले द्रुत रूपमा आफ्नो क्षमताहरू विकास गरेको छ।

ईभी बजारमा चीनको सफलताको श्रेय अनुदान र पूर्वाधार जस्ता सरकारी प्रोत्साहन, बढ्दो मध्यम वर्गको विशाल घरेलु बजार र स्थापित खेलाडीहरूलाई चुनौती दिने स्वदेशी ईभी प्रविधिमा भएको वृद्धिलाई दिन सकिने जनाइएको छ। यो शक्तिशाली मिश्रणले चीनलाई विश्वव्यापी ईभी बजारको शीर्षमा पुर्याएको थप उल्लेख छ।

विश्वव्यापी अटोमोबाइल उद्योगको भविष्य बढ्दो रुपमा इलेक्ट्रिक ( विद्युतीय) हुने जस्तो देखिएको र चीन यस रूपान्तरणको पूँजीकरण गर्न राम्रो स्थितिमा रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China recovers rocket stage on land for first time, after earlier recovery at sea

  • Technology Khabar
  • २२ बैशाख २०८१, शनिबार