हाब्रेको खोजी गर्न जङ्गलमा क्यामरा

  • Technology Khabar | १९ बैशाख २०८१, बुधबार
हाब्रेको खोजी गर्न जङ्गलमा क्यामरा
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

दुर्लभ बन्यजन्तु हाले (रेड पान्डा) को खोजी गर्न जिल्लाको बारेकोट गाउँपालिकाका सामुदायिक बनमा क्यामरा जडान गरिएका छन्।

गाउँपालिका बडा नं. ३ मा रहेको फूलबारी खाली सामुदायिक बन र वडा नं. ४ स्थित ढोटाचौर सामुदायिक बनमा क्यामरा जडान गरिएका छन्।

गत असार २० गतेदेखि जडान गरिएको क्यामरामा रेड पान्डाको बासस्थान रहेको ठाउँमा अन्य स्तनधारी वन्यजन्तुको पहिचान गर्नसमेत क्यामरा जडान गरिएको थियो।

डाँफे युवा क्लब जाजरकोटका कार्यक्रम संयोजक भूपलाल केसीले रेड पान्डा नेटवर्क र डाँफे युवा क्लबको साझेदारीमा सञ्चालित परिचम नेपालमा समुदायमा आधारित हा संरक्षण कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिका र डिभिजन बन कार्यालय जाजरकोटको सहकार्यमा क्यामरा जडान गरिएको जानकारी दिए।

रेड पान्डालगायत अन्य बन्यजन्तुको बासस्थानको अवस्थाबारे विस्तृत अध्ययन गर्नका लागि क्यामरा जडान गरिएको रेड पान्डा नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेले बताए।

दुई ओटा सामुदायिक बनमा २२ ओटा क्यामरा ४५ दिनमा जडान गरिएका छन्। यसअधि जडान गरिएका क्यामरामा रेड पान्डा, हिमाली भालु, चरी बाघ, रतुवा, घोरल, हिमालय थार, बँदेललगायतका बन्यजन्तु भेटिएका थिए । २० प्रजातिका बन्यजन्तु क्यामरामा कैद भएको बताइएको छ। गोरखापत्रबाट

प्रकाशित: १९ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १९ बैशाख २०८१, बुधबार