क्यानाडाद्वारा अर्धचालक आपूर्ति शृङ्खला बढाउन लगानीको घोषणा

  • Technology Khabar | १५ बैशाख २०८१, शनिबार
क्यानाडाद्वारा अर्धचालक आपूर्ति शृङ्खला बढाउन लगानीको घोषणा
सांकेतिक तस्विर

काठमाडौं ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार थप अर्धचालक (सेमिकन्डकटर) सिर्जना गर्न र आपूर्ति शृङ्खला बढाउन नयाँ सङ्घीय लगानीको घोषणा गरेका छन्।

प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिअनुसार ‘आइबिएम क्यानाडा र माइक्रो इनोभेसन कोलाबोरेटिभ केन्द्र’ ले क्यानाडाको माइक्रोइलेक्ट्रोनिक्स अनुसन्धान र नवाप्रवर्तन नेताहरू मध्ये एक परियोजनालाई समर्थन गर्न कूल चा करोड ४८ लाख क्यानाडाली डलर छुट्याइएको थियो ।

विज्ञप्तिमा करिब २२ करोड ६५ लाख क्यानाडाली डलरको कूल मूल्यका यी परियोजनाले ग्राउन्ड ब्रेकिङ क्वान्टम टेक्नोलोजीमा अनुसन्धानलाई समर्थन गर्ने, ब्रोमन्ट, क्युबेकमा रहेको आइबीएम क्यानाडाको सेमीकन्डक्टर प्याकेजिङ सुविधामा नयाँ उत्पादन क्षमता थप्ने र अर्धचालकलाई बलियो बनाउने उल्लेख गरिएको छ ।

क्यानाडा र संयुक्त राज्य अमेरिकाले आफ्नो ब्रोमन्ट सुविधामा नयाँ र विस्तारित प्याकेजिङ र परीक्षण क्षमता विकास गर्न महत्त्वपूर्ण लगानी प्रदान गर्दै क्यानाडा र आइबीएमबाट सुरु गर्दै क्रस–बोर्डर सेमीकन्डक्टर निर्माण करिडोर निर्माण गर्दैछन्।

आईबीएमका वरिष्ठ विश्वव्यापी उपाध्यक्ष डारियो गिलले एआईको युगमा कम्प्युटरको बढ्दो मागका साथ उन्नत प्याकेजिङ र टेक्नोलोजी एआई कार्यभारको गति बढाउनका लागि महत्त्वपूर्ण बन्दै गएको र सबैभन्दा ठूलो चिप एसेम्बली र परीक्षणका रूपमा उत्तर अमेरिकाका सुविधा, आईबीएमको ब्रोमन्ट सुविधाले भविष्यमा केन्द्रीय भूमिका खेल्ने बताए।

क्यानाडाको सेमीकन्डक्टर क्षेत्रमा पाँच सयभन्दा बढी स्वदेशी र बहुराष्ट्रिय कम्पनीले अनुसन्धान, विकास र माइक्रोचिपको निर्माण गर्ने कार्य समावेश गरेका छन् । यसमा एक सयभन्दा बढी डिजाइन फर्म, ३० लागू अनुसन्धान प्रयोगशाला, र कम्पाउन्ड सेमीकन्डक्टर, माइक्रोइलेक्ट्रोमेकानिकल प्रणाली र उन्नत प्याकेजिङ जस्ता क्षेत्रमा पाँच निर्माण सुविधा समावेश भएको विज्ञप्तिमा जनाइएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १५ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • १५ बैशाख २०८१, शनिबार
Desktop Popup ImageMobile Popup Image×