Technology Khabar १३ बैशाख २०८१, बिहीबार
काठमाडौं ।
हालै बिग्रिएको देशको दोस्रो सबमरिन अर्थात समुद्री केबलको मर्मत कार्य पूरा हुन नसकेकोले बंगलादेशभरका इन्टरनेट प्रयोगकर्ताहरूले विगत चार दिनदेखि सुस्तताको अनुभव गरिरहेका छन्।
निजी समाचार एजेन्सी बीडीन्यूज२४ डटकमले मंगलबार रिपोर्ट गरेको बंगलादेश सबमरिन केबल्स पीएलसीका अनुसार केबलको मर्मत कार्य मेको अन्तिम सातासम्म जारी रहनेछ।
बंगलादेश सबमरिन केबल कम्पनी लिमिटेड (बीएससीसीएल) को अपरेशन र मर्मतसम्भार महाप्रबन्धक सैदुर रहमानले शनिबार केबल बिग्रिएको बताए।
बंगलादेशमा इन्टरनेट ब्यान्डविथ मुख्यतया गहिरो समुद्रमा चल्ने दुई सबमरिन केबलहरू मार्फत आउँछ।
पहिलो सबमरिन केबल दक्षिणपूर्वी कक्स बजारमा जडान गरिएको छ भने दोस्रो राजधानी ढाकाबाट करिब २०४ किलोमिटर दक्षिणमा बंगलादेशको पटुआखाली जिल्लाको कुआकाटामा छ। रासस/सिन्ह्वा
प्रकाशित: १३ बैशाख २०८१, बिहीबार