ताजा समाचार

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन
Global IME Bank

इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई इरानले ‘निराधार’ भन्दै यसको खण्डन गरेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, “इरानका केही व्यक्ति र कम्पनीहरू साइबर आक्रमणमा संलग्न रहेको अमेरिकी सरकारको दाबीलाई इरानले स्पष्टरूपमा खण्डन गरेको छ।

उनले वासिङ्टनले ‘गाजा पट्टीमा इजरायली युद्ध अपराध र नरसंहारका लागि इजरायली शासनलाई असीमित समर्थन गर्ने नीतिप्रति अन्तर्राष्ट्रिय आलोचनाको लहरलाई हटाउन खोजेको’ आरोप लगाए।

अमेरिकी अर्थ मन्त्रालयले मङ्गलबार चार व्यक्ति र दुई कम्पनीविरुद्ध प्रतिबन्धको घोषणा गरेको थियो र चार जनालाई ‘अमेरिकी संस्थाहरूलाई लक्षित गर्ने साइबर गतिविधिमा उनीहरूको भूमिकाको लागि’ पनि अभियोग लगाएको थियो ।

इरानको रिभोल्युसनरी गार्ड्सका तर्फबाट यी व्यक्तिहरूले एक दर्जनभन्दा बढी अमेरिकी कम्पनी र सरकारी संस्थाहरूलाई साइबर आक्रमणमार्फत निशाना बनाएका थिए ।

गत अप्रिल १३ र १४ मा इजरायलले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा गरेको घातक हवाई आक्रमणको बदलामा इरानले गरेको आक्रमणपछि संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली सङ्घले हालैका दिनहरूमा इरानविरुद्ध नयाँ प्रतिबन्धहरू लगाएका छन्।रासस/एएफपी

Sajilo Visa
easy care