Technology Khabar १३ बैशाख २०८१, बिहीबार
काठमाडौं ।
अमेरिकी उपकरण निर्माता एप्पलले मिक्स्ड रियालिटी हेडसेट भिजन प्रोको उत्पादन कटौती गरेको छ। यस वर्षको सुरुमा अमेरिकामा भिजन प्रो ३,४९९ डलरको मूल्यमा लन्च गरिएको थियो। चाँडै अन्य अन्तर्राष्ट्रिय बजारमा पनि ल्याउन कम्पनीले तयारी गरेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन्।
टीएफ सेक्युरिटीज इन्टरनेशनलका विश्लेषक मिङ-ची कुओले मिडियममा राखिएको एउटा पोस्टमा भने कि एप्पलले कम मागका कारण भिजन प्रोका कम युनिटहरू बेच्ने अपेक्षा गरिएको छ। कम्पनीले आठ लाख युनिटसम्म बिक्री हुने प्रक्षेपण गरेको थियो । तर, यो अनुमान अब ४ लाख ५० हजार युनिटमा झरेको छ।
एप्पलले अन्य बजारमा भिजन प्रो लन्च गर्ने बारे आधिकारीकरुपमा जानकारी दिएको छैन। ढुवानीमा कमी आउने डरले यसको उत्पादन घटाइएको कुओले बताए।
हालै एप्पलका सीईओ टिम कुकले यो डिभाइस यसै वर्ष चीनमा उपलब्ध गराइने बताएका थिए। कुकले चाइना डेभलपमेन्ट फोरममा यो वर्ष चीनमा लन्च हुने बताए। एप्पलले चीनमा अनुसन्धान र विकासमा लगानी जारी राख्ने योजना बनाएको उनले भनेका थिए।
तर, यस वर्षको पहिलो ६ हप्तामा चीनमा आईफोनको बिक्री वार्षिक दरमा २४ प्रतिशतले घटेको छ। एप्पलले चीनको ह्वावे जस्ता कम्पनीहरूसँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ र यो एप्पलको माग घटेको संकेत हो।
यसअघि एउटा रिपोर्टमा भिजन प्रोको किफायती संस्करण ल्याउन सकिने बताइएको थियो । ६०० भन्दा बढी एप्लिकेसनहरू र गेम्स भीजन प्रो (Vision Pro) को लागि अनुकूलित छन्। यी नयाँ एपहरूमा भीजनओएस अपरेटिङ सिस्टमको लागि समर्थन छ।
एप्पलका विकासकर्ता सम्बन्धका उपाध्यक्ष सुसान प्रेस्कटले भने, “यी एपहरूले मनोरञ्जन, संगीत र खेलहरूको हाम्रो अनुभवलाई परिवर्तन गर्नेछन्। तिनीहरूले हामीलाई सिक्न र अन्वेषण गर्ने नयाँ तरिकाहरू दिनेछन् र उत्पादकता बढाउनेछन्। स्थानिय कम्प्युटिङका विकासकर्ताहरू यसमा काम गरिरहेका छन् र तिनीहरू के नयाँका साथमा आउँछन् त्यो हेर्न बाँकी छ।”
प्रकाशित: १३ बैशाख २०८१, बिहीबार