नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

Technology Khabar ११ बैशाख २०८१, मंगलवार

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डाटा फिर्ता गरिरहेको जनाएको छ।

भोएजर–१ ले ४५ वर्षभन्दा बढी समयदेखि हाम्रो सौर्यमण्डलको अन्वेषण गरिरहेको छ। ‘प्रोब’ र यसको जुम्ल्याहा भ्वायजर–२ ताराहरूबीच अन्तरिक्षमा उड्ने एक मात्र अन्तरिक्ष यान हो। स्पेस प्रोबले वैज्ञानिकलाई सौर्यमण्डलको बारेमा जानकारी प्राप्त गर्न मद्दत गर्दछ।

नासाका अनुसार अर्को चरण भनेको अन्तरिक्ष यानलाई पुनः विज्ञान डाटा फर्काउन सुरु गर्न सक्षम गर्नु हो। भोएजर–१ ले गत वर्ष नोभेम्बर १४ मा पृथ्वीमा पठनयोग्य विज्ञान र इन्जिनियरिङ डाटा पठाउन रोकेकोे थियो।

यद्यपि मिशन नियन्त्रकहरूले अन्तरिक्ष यानले अझै पनि तिनीहरूको आदेशहरू प्राप्त गरिरहेको र सामान्यरूपमा सञ्चालन गरिरहेको बताएका छन्।

मार्चमा दक्षिणी क्यालिफोर्नियामा नासाको जेट प्रोपल्सन प्रयोगशालामा भोएजर इन्जिनियरिङ टोलीले अन्तरिक्ष यानको तीनओटा अनबोर्ड कम्प्युटरमध्ये एउटासँग जोडिएको पुष्टि गरेको थियो।

यो पृथ्वीमा पठाउनुअघि विज्ञान र इन्जिनियरिङ डाटा प्याकेजिङका लागि जिम्मेवार रहेको बताइएको छ। करिब ४६ वर्ष पहिले प्रक्षेपण गरिएको जुम्ल्याहा भोएजर अन्तरिक्ष यान इतिहासमा सबैभन्दा लामो र सबैभन्दा टाढाको अन्तरिक्ष यान हो।

भोएजर इन्टरस्टेलरको उद्देश्य भनेको सौर्यमण्डलको नासा अन्वेषणलाई बाहिरी ग्रहहरूको छेउछाउ भन्दा बाहिरको सूर्यको प्रभावको क्षेत्रको बाहिरी सीमासम्म विस्तार गर्नु हो। तिनीहरूको इन्टरस्टेलर अन्वेषण सुरु हुनुअघि दुवै प्रोबहरू शनि र बृहस्पतिबाट उडेका र भोएजर–२ युरेनस र नेप्च्युनबाट उडेका थिए। रासस/सिन्ह्वा

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया