आईपीएल क्रिकेटको अनलाईन सट्टेवाजीमा संलग्न १५ जना पक्राउ

  • Technology Khabar | १० बैशाख २०८१, सोमबार
आईपीएल क्रिकेटको अनलाईन सट्टेवाजीमा संलग्न १५ जना पक्राउ

काठमाडौं ।

अनलाइन जुबा खेलाइरहेको अवस्थामा शनिबार राति नेपालगन्जको धम्बोजीबाट प्रहरीले ठूलो सख्यामा ल्यापटप र मोबाइलसहित १५ जनालाई पक्राउ गरेको छ।

भारतमा आइपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाज अर्थात् जुवा खेलाइरहेको समयमा उक्त समूहलाई प्रहरीले रगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शनिबार राति नेपालगन्ज-१, धम्बोजीस्थित अपुष हलबाईको घरको फ्ल्याट भाडामा लिएर जुवा खेलाइरहेको उक्त समूहलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका छन्।

उनीहरुले ट्याब ६६(tab66) मेटाबेट(metabet), हिमाबेट(himabet)मार्फत आईपीएलको अनलाइन सट्टेबाजी गरेको प्रहरीको भनाई छ।

अनलाइन जुबा खेलाउनका लागि भाडामा लिइएको सो फ्ल्याटबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेवाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता डाँगीका अनुसार घटनास्थलबाट पक्राउ परेका व्यक्तिहरूमा बर्दियाको गुलरिया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेल, सोही ठाउँमा बस्ने २० वर्षीय सात्वन पाठक, बाँके खजुरा गापा १ बस्ने ३८ वर्षीय ईश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोपबहादुर थापा जिल्ला मोरङ मिक्लाजुङ गापा-६ बस्ने २५ वर्षीय इसाक लिम्बू, सोही ठाउँ वडा नं. ९ भने १९ वर्षीय सुदेना राई र बडा न. १ बने २२ वर्षीय रोनान दनुवार, खोटाङको ऐसेलुखर्क गापा-६ बस्ने २७ वर्षीय प्रवीण राई र जिल्ला इलामको इलाम नगरपालिका-९ भने ३३ वर्षीय पर्शुराम दर्जी रहेका छन्।

पक्राउ परेका अन्यमा सिराहाको सिराहा-७ बस्ने २३ वर्षीय राकेशकुमार यादव, पर्साको वीरगन्ज महानगरपालिका-१४ बस्ने ३१ वर्षीय सुरेन्द्र चौधरी, जिल्ला उदयपुर माडिगडी नपा ८ बस्ने ३२ वर्षीय भास्कर नगर रुकुमपश्चिमको आठबिसकोट नपा-९ बस्ने २६ वर्षीय दीपेन्द्र केसी, गोरखाको अजुरकोट गापा ४ बस्ने २९ वर्षीय रूपक कोइराला र पर्वतको त्रिवेणी गापा-२ बस्ने ३५ वर्षीय सुन्दर राणा रहेको डिएसपी डाँगीले बताए।

प्रहरीकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेव पोर्टल मार्फत आइपिएल लगायत खेलहरूमा अनलाईन सट्टेवाजी गराएको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १० बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १० बैशाख २०८१, सोमबार