मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख नाघ्यो

  • Technology Khabar | २५ चैत्र २०८०, आईतवार
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख नाघ्यो

काठमाडौं ।

नेपालमा मोबाइल मार्फत बैंकिङ कारोबार गर्ने बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० फागुनको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ।

गत आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६५ हजार २६७ थिए।

एक वर्षको अवधिमा नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ३७ लाख १८ हजार १२२ ले अर्थात १८.५३ प्रतिशतले बढेको छ।

प्रयोगकर्ता बढेसँगै मोबाइल बैंकिङ मार्फत हुने कारोबार रकम पनि बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। चालु आवको फागुनमा मोबाइल बैंकिङ मार्फत २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ। गत आव २०७९/८० को फागुनमा मोबाइल बैंकिङ मार्फत १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको थियो।

मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।

प्रकाशित: २५ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • २५ चैत्र २०८०, आईतवार