Technology Khabar २५ चैत्र २०८०, आईतवार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले लागू गरेको भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा भ्रष्ट्राचार भएको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उक्त मुद्दामा बयान दिँदै खरिद कार्यमा संलग्न रहेका कर्मचारीहरुले भने आफूहरुलाई दिईएको जिम्मेबारी अनुसार मात्र काम गरेको बताएका छन्।
यसअघि दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद कार्यमा आफूहरुले कुनै गल्ती नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको बयानमा बताएको जानकारी बाहिरिएको थियो।
तर कर्मचारीहरुले भने प्राधिकरणका अध्यक्षसंगको छलफल एवं निर्देशन समेतका आधारमा मात्र काम अगाडि बढाईएको र परामर्शदाताहरुले भने अनुसार नै सम्झौता गरिएको बयानमा स्पष्ट पारेका छन्।
यसैगरी कर्मचारीहरुले खरिद सम्बन्धि सम्पुर्ण जिम्मेवारी प्राधिकरणको खरिद विनियमावली, २०७३ अनुसार अध्यक्षको भएकोले सोही अनुसार आरएफपी जारी भएको बताएका छन्। उनीहरुले एमडीएमएस परामर्श सेवा मार्फत ६ महिना भित्र प्रणाली स्थापना गर्ने, तत पश्चात ४.५ वर्ष सम्म सपोर्ट गर्ने गरी परामर्श सेवा खरिद कार्य गरिएको बयानमा भनेका छन्।
यस्तै प्राधिकरण कर्मचारीहरुले अन्तराष्ट्रिय परामर्शदाता Laurasia Associates (JV) UK ले अन्तराष्ट्रिय अभ्यास, प्रविधिको विकास क्रम, नेपालमा मोबाइल सेवाको प्रविधिको बिकास/विस्तार तथा नियमन गर्ने प्रयोजनका लागि अध्ययन विश्लेषण गरी लागत अनुमान सिफारिस गरेको हुँदा सोहीअनुसार एमडीएमएसको काम अगाडि बढाईएको बताएका छन्।
उता पूर्व अध्यक्षद्वयले एमडीएमएस कार्यान्वयन गर्न खरिद ऐन, प्राधिकरणको खरिद विनियमावली र एमडीएमएस उपनियम अन्तर्गत भएको दाबी गरेको अख्तियारको बयानमा उल्लेख छ। खरिद इकाई अन्य शाखा भन्दा खरिद कार्यमा बढि जान्ने हुने भएकाले खरिद सम्बन्धि कागजात जाँच र पुष्टि गर्नु पर्ने उनीहरुको दाहित्व हुने पूर्व अध्यक्ष झाले अख्तियार समक्ष बयान दिएका छन्।
पुरुषोत्तमप्रसाद खनालले खरिद कार्यमा मूल्यांकन समितिको प्रतिवेदन उपर निर्णय गर्ने, परियोजना कार्यान्वयन गर्ने सन्दर्भमा भुक्तानी लगायतका अध्यक्ष स्तरबाट गरिनुपर्ने निर्णयहरुमा मात्र भुमिका रहेको बताएको अख्तियारले विशेष अदालतमा बुझाएको बयानको बिबरणमा उल्लेख छ।
हेर्नुस् सम्बन्धित समाचार-
एमडीएमएस प्रकरणः कर्मचारीले तयार गरेको टिप्पणी सदर मात्रै गरेको प्राधिकरणका पूर्व अध्यक्षद्वयको बयान
एमडीएमएस परामर्श सेवा खरिद गर्ने कार्य गर्दा/गराउँदा एकानब्बे करोड अन्ठानब्बे लाख तीस हजार आठ सय बयासी रुपैँया बत्तीस पैसा प्रतिवादी राष्ट्रसेवकले आफू तथा परामर्शदाता नूमेरा जेभीलाई गैरकानूनी लाभ पुर्याउने र नेपाल दूरसञ्चार प्राधिकरण/नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्याउने भ्रष्टाचार जन्य कसुरमा संलग्न रहेको भन्दै दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जना विरुद्ध मुद्दा हालेको छ।
हेर्नुस् सम्बन्धित समाचार-
एमडीएमएसमा दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सहित १९ विरुद्ध एकानब्बे करोड अन्ठानब्बे लाखको मुद्दा
यस्तो छ दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुले एमडीएमएस खरिद कार्य र भुक्तानीको बारेमा अख्तियारमा दिएको बयान-
प्राधिकरणका तत्कालिन निर्देशक/बरिष्ठ निर्देशक आनन्दराज खनालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
EIR लाई कार्यन्वयन गर्ने गरी निर्देशन प्रात भएको, Centralised EIR System लागु गर्न सम्भावना र विधिका सम्बन्धमा अध्ययन गर्न कार्यटोलि गठन भै study Report पनि पेश गरिएको र सोही क्रममा अन्तराष्ट्रिय परामर्शदाता मार्फत Centralised EIR MDMS System को विस्तृत विवरण तयार गर्न छनौट भएको परामर्शदाताको प्रतिवेदन कै आधारमा MDMS ByLaw 2075 प्राधिकरणबाट स्विकृत भै लागु भएको। खरिद सम्बन्धि विनियमावली, RFP को ढाँचा तयार गर्ने जस्ता विषयमा अध्यक्ष स्वयं खरिद विज्ञको रुपमा समेत अनुभव प्राप्त हुनु भएको, खरिद एकाई खरिदको विशिष्टकृत संरचना भएकोले मेरो निर्णयहरु अन्तिम नहुने र यस प्रणालिको समग्र अध्ययन हुन सक्ने भएकोले हामीले त्यस्तै योग्यता क्षमता अनुभव र विश्वासनियता भएको परामर्शदाता छनौट गर्न सकियोस भनेरै लागत अनुमान तयार गरी अध्यक्षलाई पेश गरेको। खरिद गुरुयोजना तयार गर्न प्राधिकरणको अध्यक्ष सहित विशिष्टकृत निकाय खरिद एकाई गठन गरिएको र खरिद सम्बन्धी सम्पुर्ण कार्य प्राधिकरणको प्रत्येक शाखा, विभाग, महाशाखाद्धारा नभै एकिकृत रुपमा खरिद एकाई तथा अध्यक्षबाट निर्णय हुने।परामर्शदाताले Bid documents, RFP, Cost estimate पेश गर्नु पर्ने थियो।परामर्शदाताले पेस गरेको प्रतिवेदनमा Shared EIR (SEIR) solution Including operating solution and database शिर्षक अन्तर्गत राखिएको USD 50,00,000(Five Million) को Break Down Details छैन। Laurasia Associate परामर्शदाताले पेश गरेको अन्तिम प्रतिवेदनमा आधारीत MDMS Bylaw बारे छलफल तथा निर्णयका लागि प्रस्ताव पेश गर्न स्विकृत भएको र 2075/6/21 मा RFP Document र लागत अनुमान स्विकृत गरिएको भन्नेसमेत व्यहोराको आनन्द राज खनालले मिति २०८०।१०।०४ गते गरेको बयान।
प्राधिकरणका निर्देशक दिपेश आचार्यले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
MDMS परामर्श सेवा खरिद कार्यमा मुल्याङ्कन समिति, सम्बन्धित शाखा/महाशाखाबाट स्विकृत भई आएका भुक्तानी दिने क्रममा मेरो संलग्नता रहेको। MDMS खरिद कार्य QCBS Method बाट भएको जसमा Technical तर्फ 80% तथा Financial तर्फ 20% भार तोकिएको। MDMS परामर्श सेवा खरिद कार्यको प्राविधिक प्रस्ताव मुल्याङ्कन मुल्याङ्कन समितिलाई उपलब्ध गराइएको Evaluation criteria र Eligibility बमोजिम Evaluation गरी प्रतिवेदन पेश गरिएको । मुल्याङ्कन समितिमा छलफल हुँदा परामर्शदाताले conflict of interest नरहेको स्वघोषणा गरेको आधारमा सिफारिस गरेको। 11 March 2019 को Minute of the proposal opening मा उल्लेख भए बमोजिम Mobillon trade International JV ले USD 70,71,205.77 तथा Nuemera (M) Sdn. Bhn. ले USD 74,99,888 रकम आर्थिक प्रस्ताव पेश गरेको । मुल्याङ्कन समितिले ITC 24.2 बमोजिम Lumpsum Contract मा Fin1 मा उल्लेखित price नै offer price हुने भएकेले सोही रकमलाई आर्थिक प्रस्तावको अन्तिम रकमको रुपमा गणना गरेको। Fin2, Fin3, Fin4 लाई आर्थिक मुल्याङ्कनको क्रममा Consider नगरिएको Lumpsum Contract भएकोले Fin 1 मा पेश गरेको Offer price लाई नै अन्तिम offer price मानि मुल्याङ्कन गरी प्रतिवेदन पेश गरेकोले उक्त रकम सार्वजनिक खरिद ऐन 2063 को दफा 36 बमोजिम स्विकृत लागत अनुमान भन्दा बढी भएको नदेखिएको।परामर्शदाताले पेश गरेको आर्थिक प्रस्तावमा Breakdown of contract price नरहेको । प्राधिकरण तथा परामर्शदाता विच 4th July 2019 मा भएको सम्झौताको Annex C मा Breakdown of contract price रहेको र निर्णय गर्ने अधिकारिबाट समेत सोही कागजातलाई आधार मानेर निर्णय भएकोले उक्त Annex C लाई Breakdown of contract price (सम्झौतामा संलग्न रहेको) मानि भूक्तानि दिइएको। मुल्याङ्कन समितिले प्राविधिक तथा आर्थिक प्रस्ताव मुल्याङ्कन गरी समग्रमा बढी अंक प्राप्त गर्ने Mobillon-Green IT- Infradata JV लाई सिफारिस गरेको। Conflict of interest हुने/नहुने सम्बन्धमा राय लिएको विषय मुल्याङ्कन समितिमा प्राप्त नभएकोले सो सम्बन्धमा मुल्याङ्कन समितिमा कुनै छलफल तथा निर्णय नभएको। Software को 30% भुक्तानि बापत रु.15,09,99,457,44।– भुक्तानी भएको भन्नेसमेत व्यहोराको दिपेश आचार्यले मिति 2080।10।१९ गते गरेको वयान।
प्राधिकरणका निर्देशक मिन प्रसाद अर्यालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:-
निर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक आनन्द राज खनाल तथा म आफुले उक्त लागत अनुमान तयार गर्दा कार्यक्षेत्रगत शर्त required resources duration of prospect nature & scope of work logistics required expertise key expert समेतको आधारमा तयार पारेको । लागत अनुमान तयार गर्दा प्राधिकरणमा यस अघि TSRP (Telecommunication Sector Reform Project) मा अन्तराष्ट्रिय परामर्शदाता नियुक्त गर्दाको सो सम्बन्धि विवरण तथा खरिद विज्ञ समेत कार्य गरिसक्नु भएका प्राधिकरणका अध्यक्षज्युसंगको छलफल एव निर्देशन समेतका आधारमा तयार पारी खरिद प्रकृयाका लागि पेश भएको। उल्लेखित परामर्श सेवा खरिद कार्यका लागि आवश्यक पर्ने लागत अनुमान तथा Tentative Budget कार्यक्षेत्रमा परेको। Laurasia Associates UK ले प्रतिवेदन साथ Proposed Mobile Device Identitication Registration and Verification Rules 2074 (2017), Proposed BID Document for Procurement of Supply, Installation, Testing and operation of full fledged shared Equipment Identity Registration (SEIR) system, proposed TOR, Proposed estimation for Shared Equipment Identity Registrations (SEIR) तयार गरि पेश गरेको । उल्लेखित MDMS शिर्षक अन्तर्गतको सि.नं.१ Shared EIR (SEIR) solution Including operating solution and database शिर्षक अन्तर्गतको रकम एकमुष्ट रुपमा राखिएको सन्दर्भमा परामर्शदाताबाट अध्ययन विश्लेषण भई कागजात विवरण प्राधिकरणमा उपलब्ध गराए बमोजिम लागत अनुमानमा उल्लेख भएको। ग्राहकको डाटाको गोपनियता कायम गर्ने सम्बन्धमा पनि उक्त Bylaw को विनियम २६ मा प्रवन्ध गरिए बमोजिम प्राधिकरणबाट नियमित रुपमा Monitoring & Inspection गर्नुपर्ने गरी विनियम २४ मा व्यवस्था गरेको साथै विनियम 28 मा समेत ग्राहकको डाटाको privacy ensure गर्न कानुनी रुपमा व्यवस्था भएको। प्राधिकरणबाट जारी भएको EOI मा Applicant दुरसंचार मोबाईल सेवा प्रदायक (Telecommunication mobile operator) हुन नहुने requirement उल्लेख भएको र उक्त प्रावधान बमोजिम Mobillon trade International Pvt Ltd. Ncell को Authorized distributer रहेको बखत Eligible नहुने भन्ने कुरा उपयुक्त नदेखिएको भन्नेसमेत व्यहोराको मिन प्रसाद अर्यालले मिति २०८०।१०।०४ गते गरेको बयान।
प्राधिकरणको निर्देशक सुरेन्द्र लाल हाडाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:-
MDMS परामर्श सेवा खरिद कार्यको प्रस्ताव मुल्याङ्कन हुँदा QCBS Method अन्तर्गत रही Technical Proposal लाई ८०% र Financial proposal लाई 20% weightage दिई मुल्याङ्कन गरिएको र प्रस्तावहरुको Eligibility Criteria र Marking criteria को अधिनमा रही मुल्याङ्कन गरिएको।Nuemera ले पेस गरेको बुँदा नं.43 मा भएको BOM हेरिएको थिएन। प्रस्ताव स्विकृत हुने आधार (RFP अनुसार) RFP को बुँदा नं.21.1 अनुसार हुने हुनाले BOM (Bills of Materials) मा भएको Specification Details अनुसार हुने हुनाले BOM मा भएको Specification Details अध्ययन गरिएको तर सो कै आधारमा प्राप्त प्रस्ताव अस्विकृत गर्ने आधार नभएको। मुल्याङ्कन समितिले Hardware Compliance अध्ययन गर्दा प्रस्तावकहरुले Technical Specification को हरेक Sub-clause हरुमा Fully Compliant/partially compliant भनि उल्लेख गर्नु पर्ने व्यवस्था रहेकोमा Data Centre IT Equipment हरुको Compliance Check-list मा सवै विवरणहरुमा उल्लेख नगरेकोले Requirement हरु पुर्याउनु पर्ने गरी सिफारिस भएको। कागजात उपलब्ध वा सुरक्षित साथ राख्ने समेतको जिम्मेवारी खरिद इकाईको हुने । Nuemera JV बाट USD 74,99,888 (Excluding VAT) र Mobillon JV बाट USD 70,71,205.77 (Excluding VAT) प्रस्ताव गरिएको थियो। Lump Sum contract भएकोले FIN-1 मा Quote भएको रकमको आधारमा मुल्याङ्कन गरिएको, FIN-2 मा उल्लेखित विवरणहरु Consider नभएको। आर्थिक प्रस्तावको मुल्याङ्कनबाट M/S Mobillon JV र M/S Nuemera JV को प्रस्ताव सफल/छनौट भएको। Lump-sum contract मा भएको FIN-1 र FIN-2 मा भएको रकम Match नगरेको। सम्झौतामा संलग्न Annex-c मा भएको कागजात Breakdown of contract Price भएको । Mobillon Ncell Pvt. Ltd. को SIM Distributor मात्र भएको हुँदा मुल्याङ्कन समितिले Conflict of Interest छ भन्ने नदेखेको। परामर्शदाताले पेश गरेको Design Document third-party consultant वाट समेत Verify गराई सम्झौतामा उल्लेखित Module/Feature हरुलाई address हुने गरी NTA Module, MNO Module तथा LEA Module तयार गरि दिएको। यसै परियोजना अन्तर्गत अन्य Module हरु LEA Module र MNO Module को तयार गर्न बाँकी नै रहेको । दुइवटा सेवा प्रदायकहरु संग उक्त EIR उपकरण रहेको हुनाले यस EIR अन्तर्गत रहेका Hardware हरु आयात नगरिएको । यस परियोजना शुरु हुदाँ दुईवटा समस्या देखा परेको: पहिलो समस्या प्राधिकरणको Data canter रेडियो नेपाल खुमलटार स्थित जग्गा हालसम्म प्राप्त गर्न नसकेकोले प्राधिरकणको चावहिल स्थितको जग्गामा Container राख्नलाई भवन निर्माण थालिएको, दोस्रो समस्या यस परियोजनाको कार्यान्वयनका बखत कोभिड-१9 को महामारीले सिर्जित बन्दाबन्दिका कारणले Nuemera JV का विज्ञहरु नेपाल आई कार्य गर्न नसकेको। व्यक्तिको गोपनियता कायम गर्ने गरी जिल्ला अदालतको आदेशमा मात्र विवरण दिन सकिने व्यवस्थाको अघिनमा रही वा आवश्यक परेको खण्डमा कानुन नै बनाई मात्र लागु गर्न सकिने र यसै कारणले Nuemera JV ले तयार गरेको LEA Module कार्यान्वयनमा ल्याई नसकेको भन्नेसमेत व्यहोराको मिति 2080।10।२३ गते सुरेन्द्र लाल हाडाले गरेको वयान।
प्राधिकरणका उपनिर्देशक अच्युता नन्द मिश्रले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:-
आ.व.2074/75 मा तत्कालिन शाखाबाट स्विकृत आशयपत्र, स्विकृत कार्य विवरण तथा स्विकृत लागत अनुमान र स्विकृत Request for proposal (RFP) अनुसार तत्कालिन खरिद एकाइको संयोजक तथा मुल्याङ्कन समितिको सदस्य सचिवको भुमिकामा Design, Develop, Supply, Installation, Testing, Commissioning and operation of Mobile device Management System (MDMS) को कार्य गरेको। आ.व.2074/75 मा MDMS प्राणालीको लागि बोलपत्र कागजात तथा लागत अनुमान तत्कालिन स्तरिकरण तथा पुर्वाधार विकास शाखा, सम्बन्धित विभाग र सम्बन्धित महाशाखा मार्फत तयार भई अध्यक्षज्युबाट स्विकृत भई खरिद कार्य अगाडि बढेको ।मोबाईल डिभाइस म्यानेजमेन्ट प्रणाली विनियमावली, 2075 मा खरिद र पाँच वर्ष संचालन सहितको मोडालिटी सहित विषयको विस्तृत योजना भएको र सोलाई गुरुयोजनाको रुपमा लिएको । खरिद सम्बन्धि सम्पुर्ण जिम्मेवारी प्राधिकरणको खरिद विनियमावली, 2073 अनुसार अध्यक्षज्युको भएकोले सोही अनुसार RFP जारी भएको। MDMS परामर्श सेवा मार्फत ६ महिना भित्र प्रणाली स्थापना गर्ने, तत पश्चात 4.5 वर्ष सम्म Support गर्ने गरी परामर्श सेवा खरिद कार्य गरिएको। EIR Solution and Software for operator level आवश्यक नपर्ने रकम unit rate को आधारमा कट्टा गर्नु पर्ने हुन्छ । आर्थिक प्रस्तावमा Bill of Quantity पेश गर्नु पर्ने थियो। Mobile Device Management System (MDMS) प्रणालीको Software तथा Service बाहेकको कार्य goods पनि भएकोले उल्लेखित कानुन अनुसार नै Bid security राखेको। ११ March 2019 मा भएको Financial proposal opening Minute अनुसार Nuemera (M) Sdn.Bhd.-OSI-Namaste (JV) को प्रस्तावित price USD 74,99,888 (Excluding VAT) र M/S Mobillon trade International Pvt. Ltd. Infra data Green IT solution को quoted price USD 70,71,205.77 (Excluding VAT) रहेको। आर्थिक प्रस्ताव मुल्याङ्कन समितिले पेश गरी सकेपछि Nuemera (M) Sdn.Bhd. Malaysia M/S OSI Digital Pvt. Ltd. And M/S Namaste Global comm. Pvt. Ltd बाट Mobillon trade International Pvt. Ltd. Nepal Infra data N.V. and Green IT solutions Pvt. Ltd. Nepal (JV) को conflict of Interest छ भनि उजुरी प्राप्त भएकोमा मुल्याङ्कन समितिको सिफारिस परिवर्तन गर्नको लागि अध्यक्षज्युले मुल्याङ्कन समितिमा पठाउनु भएकोमा मुल्याङ्कन समितिले सिफारिस परिवर्तन गर्न तथा conflict of Interest (Mobillon trade international) को भए नभएको सम्बन्धमा यकिन गर्न नसक्ने मौखिक जानकारी गराए पश्चात अध्यक्षज्यु स्वयंले Conflict of interest (Mobillon Trade International) रहेको भनि निर्णय गरी सार्वजनिक खरिद ऐन 2063 को दफा 36 अनुसार Nuemera (M) Sdn.Bhd. M/S OSI Digital Pvt. Ltd सँग वार्ता गर्न निर्णय भएको ।आथिक प्रस्तावमा Reimbursable amount USD 1,90,110 उल्लेख भएको थियो। खरिद वार्ता हुँदा उक्त छलफलमा के-कस्ता कागजातको आधारमा वार्ता भएको थियो हाल सम्झना भएन। परामर्शदाताले BOQ अनुसार USD 4,33,000 रकम छुट दिने जानकारी गराएको सोही अनुसार सो रकम घटेको। हाल Full Fledge operation मा नभएको भन्नेसमेत व्यहोराको अच्युता नन्द मिश्रले मिति 2080।10।१८ गते गरेको वयान।
प्राधिकरणका उपनिर्देशक अच्युता नन्द मिश्रले अधिकार प्राप्त अधिकारी समक्ष गरेको ततिम्बा बयान:
यस कार्यको लागि परामर्शदाताबाट प्राप्त प्रतिवेदनमा Shared Equipment Identity Register (SEIR) लाई तत्कालिन शाखा/महाशाखा/ विभाग मार्फत सोहि प्रतिवेदनको आधारमा MDMS संचालन सम्बन्धी विनियमावली २०७५ जारी भएको र सोहि अनुसार तत्कालिन शाखा/महाशाखा/ विभाग मार्फत MDMS सम्बन्धी कार्य विवरण तथा RFP Document समेत तयार गरी खरिद कार्य गर्नको लागि तत्कालिन खरिद एकाईमा प्राप्त हुन आएको । EIR Operator (सेवा प्रदायक) को मा हुन्छ । प्राधिकरणमा Central EIR हुने र सो EIR लाई सेवा प्रदायक समेतले प्रयोग गरी आफ्नो EIR मा Update गर्ने भएकोले प्राधिकरणमा स्थापना हुने EIR लाई Shared EIR नामाङ्कन गरेको । Central EIR नै SEIR/MDMS भएको। JV को अन्य संस्थाहरु OSI Consulting Pvt. India तथा Namaste Global Comm Pte. Ltd. (Singapore) ले भुक्तानीको लागि Nuemera (M) Sdn. Bhd. लाई Authorized गरेकोले Nuemera (M) Sdn. Bhd.लाई भुक्तानी भएको । OSI Consulting तथा Namaste Global Comm Pte. Ltd. को नाममा भुक्तानी भएको छैन। Exchange Rate को सम्बन्धमा तत्कालिन अध्यक्ष्यज्यूबाट मिति २०८०।०६।०७ मा निर्णय भएको। महाशाखा प्रमुख तथा अध्यक्ष्यज्यूको निर्णयानुसार Invoice पेश भएको मितिको Exchange Rate कायम भएको। मेरो जानकारी अनुसार MDMS को ६ वटै Module संचालनमा नभएको। Anuj Singh को फोटो नभएकोले निजको राहदानी नं. Z2209484 उल्लेख भएको व्यक्तिगत विवरण यकिन गर्न सकिन । Jameel Ahmed को फोटो अनुसार राहदानी नं. S9864769, Mohamed Shihab Bin Kunhi Mohamed को फोटो अनुसार राहदानी नं. A53152064 र Mohd Noor Amin Bin Mohd Noor Khan को फोटो अनुसार राहदानी नं. A54264587 को विवरण देखिन्छ।निजहरु सम्झौता वार्ता तथा काम गर्ने सिलसिलामा देखेको छु । राहदानीमा राहदानी नं. A54264587 मा उल्लेखित नाम Mohd Noor Amin Bin Mohd Noor Khan नै सम्झौतामा उल्लेखित Datuk Mohd Noor Amin (Group Chairman), राहदानी नं. A53152064 मा उल्लेखित Mohamed Shihab Bin Kunhi Mohamed नै वार्तामा उल्लेखित Datuk Mohamed Shihab, राहदानी नं. S9864769 मा उल्लेखित नाम Jameel Ahmed नै वार्ता तथा सम्झौतामा उल्लेखित व्यक्तिहरु एकै हुन् भन्ने समेत व्यहोराको अच्युता नन्द मिश्रले मिति २०८०।११।२३ गते गरे को ततिम्बा बयान।
प्राधिकरणका उप-निर्देशक रेवतीराम पन्थले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
Design, Develop, supply, Installation, testing, Commissioning and operation of mobile Device management system (MDMS) परामर्श सेवा खरिद कार्यमा RFP document मुल्याङ्कन गर्न मुल्याङ्कन समितिको सदस्यको रुपमा भुमिका निर्वाह गरेको। उक्त MDMS परामर्श सेवाको मुल्याङ्कन हुँदा प्रस्तावदाताहरुबाट प्राप्त प्रस्ताव र प्राधिकरणबाट स्विकृत भएको Evaluation criteria का आधारमा मुल्याङ्कन गरिएको । परामर्शदाताले दुई वटा BOM पेश गरेको भएता पनि विस्तृत विवरण पेश गरेको बुँदा नं. 38.7, 38.8, 38.8.1 तथा 38.8.1 अनुसार मुल्याङ्कन गरी RFP मा उल्लेखित सम्पुर्ण Requirements हरु पुरा गरेको खण्डमा सो प्रस्ताव स्विकृत हुने गरी मुल्याङ्कन प्रतिवेदन पेश गरिएको। उक्त प्रस्ताव मुल्याङ्कन गर्दा परामर्शदाताले स्वं घोषणा गर्नु पर्ने Obligation आधारमा निज प्रस्तावदाताको प्रस्ताव मुल्याङ्कन गरी प्रतिवेदन पेश गरिएको। Nuemera (M) ले Mobillonको conflict of interest हुने भनि मिति 21 April 2019 मा दिएको निवेदन मुल्याङ्कन समितिमा पेश भएको थिएन र सिफारिस गरिएको थिएन । प्रस्तावदाताहरुले पेश गरेको आर्थिक प्रस्ताव अनुसार Nuemera (M) ले USD 74,99,888 र Mobillon green IT Infradata (JV) ले USD 70,71,205.77 पेश गरेका थिए। उक्त पेश गरिएका FIN 1 बमोजिमको रकम ५ वर्षका लागि पेश गरेको। मुल्याङ्कन समितिबाट Mobillon GREEN IT Infradata JV बाट पेश भएको प्रस्ताव छनौट भएको थियो। स्विकृत RFP, Evaluation Criteria र कुल मुल्यका आधारमा RFP मा उल्लेखित प्रणालिका लागि Bill of Quantity पेश गर्ने गरी मुल्याङ्कन गरी सिफारिस गरेको। प्रस्तुत खरिद प्रक्रियासंग सम्बन्धित कागजातहरु सुरक्षित राख्नु पर्ने जिम्मेवारी कार्यालयको हुने साथै यस खरिदसंग सम्बन्धित कागजातहरु यसै वयानको शिलशीलामा प्राधिकरणमा माग गर्दा केहि कागजातहरु फेला पार्न नसकेको मौखिक जानकारी गराएको । उक्त कार्यसंग सम्बन्धित कागजातहरु System कार्यान्वयन गर्ने शाखा तथा खरिद इकाईसंग नै रहने भन्ने समेत व्यहोराको रेवतीराम पन्थले मिति २०८०।१०।१२ गते गरेको बयान ।
प्राधिकरणको उपनिर्देशक संदिप अधिकारीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
Mobile Device Management System (MDMS) परामर्शसेवा खरिद कार्यको लागि प्राधिकरणबाट नियुक्त परामर्शदाता Laurasia Associates consultant ले तयार गरेको RFP Document मा व्यवस्थापनको निर्णयनुसार नियुक्त TAEC consult Pvt.Ltd. ले Review गरी पेश गरेको RFP Document को आधारमा बोलपत्र कागजात तयार भई खरिद कार्यको लागि संक्षिप्त सुचि स्विकृत भएकाहरुलाई खरिद इकाई मार्फत RFP जारी गरिएको । MDMS खरिद प्रक्रियाको लागि मिति 2075/6/21 मा लागत अनुमान स्विकृत भई खरिद प्रक्रिया अगाडी बढेको र केही Requirements तथा सोको परिमाण समेत परिवर्तन भएको खण्डमा लागत पुन: तयार गर्ने र RFP document मा Requirement तथा परिमाण परिवर्तनमा संलग्नहरुले मध्यनजर गर्नुपर्ने । प्रस्तावदाताले केही Hardware समेत उपलब्ध गराउनु पर्ने भएकोले सो प्रयोजनको लागि बोलपत्र जमानत (Bid Security) माग गरिएको हुन सक्छ। खरिद कार्यको लागि विद्युतीय प्रणालिको Initiator खरिद इकाईका संयोजक हुने भएकोले विद्युतीय प्रणाली प्रयोग नभएको सम्बन्धमा उहाँले स्पष्ट गर्न सक्ने । प्रस्तावदाताले के कति कारणले दुइवटा फरक फरक BOM पेश गरेको हो यकिन गरेर भन्न सक्दिन। MDMS खरिद कार्यमा 14-17 June, 2019 को वार्तामा data center Equipment, IT Equipment, Identification of non-type, approved Sub-standard device, Key experts र सोधभर्ना हुने रकमका विषयमा छलफल गरिएको । Nuemera (M) Sdn. Bhd. Malaysia OSI Consulting Pvt.Ltd. India and Namaste Global comm. Pte.Ltd. Singapore (JV) ले एकमुष्ट USD 74,99,888 र Mobillon-Green IT-Infradata JV ले एकमुष्ट USD 70,71,2०5.77 प्रस्ताव गरेको र मुल्याङ्कन समितिले समेत एकमुष्ट प्रस्ताव रकमको आधारमा मुल्याङ्कन गरी सिफारिस गरेको हुनाले उक्त प्रस्तावित रकम नै सम्पुर्ण ठेक्का अवधि ५ वर्ष को हो भन्ने बुझिन्छ। Nuemera ले RFP Document अनुसार पेश गरको FIN-2 मा Reimbursable Expenses USD 1,90,110 उल्लेख गरेको र अन्य कार्यहरु जस्तै software निर्माणको कार्यमा संलग्न हुने key expert हरुको समेत Reimbursable Amount हुन सक्ने नसक्ने भनि छलफल हुँदा उक्त कार्यमा संलग्न हुने Key experts हरुको समेत Reimbursable Amount रहेको र प्रस्तावित रकम USD 74,99,88८ मा एकमुष्ट Reimbursable Amount USD 4,33,000 घटाई USD 70,66,888 (Inclusive of operation support and maintenance of the solution for the duration of five years) मा सम्झौता गर्न मन्जुर गरेकोले सोही अनुसार Reimbursable Amount USD 4,33,000 वार्ता बाट कायम भएको । Negotiation को क्रममा समेत एकमुष्ट प्रस्ताव रकमको आधारमा Negotiation गरिएको र उक्त Cost Breakdown विषय कतै उल्लेख समेत नभएकोले पेश नगरेको हुन सक्छ। EIR solution वापतको रकम के कसरी कट्टा गर्ने भनि वार्ताको क्रममा छलफल भएको मेरो जानकारीमा छैन ।Conflict of interest को विषयमा अध्यक्षको निर्णय पश्चात मुल्याङ्कन समितिमा राय/पुन: मुल्याङ्कनको लागि पेश भएको तर मुल्याङ्कन समितिले आफ्नो राय नदिएको कारणले नै खरिद इकाई मार्फत सम्पुर्ण व्यहोरा खुलाई निर्णयका लागि टिप्पणी पेश गरेको र सोही निर्णयमा अध्यक्षज्युले खरिद इकाई मार्फत वार्ता गर्ने भन्ने निर्णय गरेकोले प्रक्रिया अगाडी बढेको। सम्बन्धित शाखाले मलाई जानकारी गराए अनुसार प्राधिकरणको कार्यालय कमलादीबाट जमल राष्ट्रिय नाचघरमा स्थान्तरण गर्ने क्रममा MDMS खरिद गर्न सम्बन्धित केही फाइल/कागजात misplace भई कागजात उपलब्ध हुन नसकेको भन्नेसमेत व्यहोराको संदिप अधिकारीले मिति २०८०।१०।१२ गते गरेको बयान।
प्राधिकरणका उप निर्देशक विनोद चन्द्र श्रेष्ठले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
प्रस्तुत MDMS खरिद प्रकृयामा मेरो संलग्नता Evaluation (Technical & financial) सम्म रहेको थियो। प्रस्तावदाताको Quoted price को सम्बन्धमा RFP को ITC 24.2 को व्यवस्था अनुसार Fin1 को offer price लिईएको र मुल्याङ्कन प्रतिवेदन पेश गर्दा शर्त समेत पुरा गर्ने गरी QCBS को आधारमा पहिलो नम्बरमा रहेको M/S Mobillon Trade International Pvt.Ltd. Nepal (JV) लाई सिफारिस गरेको । RPF, Cost estimate तथा MDMS को नियमन सम्बन्धि Document तय गर्न सम्झौता भएको अन्तराष्ट्रिय परामर्शदाता M/S Laurasia Associates (JV) UK ले पेश गरेको प्रतिवेदनसाथ सिफारिस गरे बमोजिम RPF Document मा सार्वजनिक खरिद विज्ञ टेक कन्सल्ट प्रा.लि. समेतलाई Review गर्न लगाई प्राप्त सिफारिसको आधारमा पदिय दायित्व निर्वाह गर्ने क्रममा RFP Document को मस्यौदा, cost estimate तथा MDMS Bylaw को सम्बन्धमा आफ्नो ज्ञान/विवेकले भ्याए सम्म अध्ययन गरी टिप्पणी पेश गरेको । Re- Invitation for EoI for Consultancy Service on “Formulation of regulatory Framework and provision for EIR implementation” को मस्यौदा समेत तयार गर्न लगाईएको । MDMS Service जटिल प्रविधिक क्षमता आवश्यक पर्ने जटिल प्रकृतिको भएकोले प्राधिकरणबाट “Consultancy Service on Formulation of Regulatory Framework and Provision of EIR Implementation को लागि सम्झौता भएको अन्तराष्ट्रिय परामर्शदाता Laurasia Associates (JV) UK ले अन्तराष्ट्रिय अभ्यास, प्रविधिको बिकास क्रम, नेपालमा मोबाइल सेवाको प्रविधिको बिकास/विस्तार तथा नियमन गर्ने प्रयोजनका लागि अध्ययन विश्लेषण गरी लागत अनुमान सिफारिस गरेको । उक्त MDMS Services ले MDMS सेवा प्रदायकको सम्पुर्ण Function गर्न सक्ने गरी सम्झौता हुने परामर्शदाताले Requirement Analysis, Design, Develop गर्नुपर्ने र सो लाई संचालन समेत गर्नुपर्ने भएकोले Turn Key Project भएको Customized Tailor-made Application का साथै कतिपय module हरु Scratch देखि नै विकास गर्नु पर्ने भएकोले सोहि बमोजिम लागत अनुमान तयार भएको । Terms of Reference को Tentative Bill of Quantity (BOQ) मा सेवा प्रदायक आफैले Operator Level EIR व्यवस्था गरेको खण्डमा उक्त Item लाई हटाईने व्यवस्था गरिएको । Stolen/lost mobile device management को लागि IMEI नम्बरमा आवद्ध भएका Mobile नम्बर Track, Block गर्ने गरी System Develop गर्नु पर्ने र CDR acess/analysis को लागि विद्यमान कानुनको पालना हुनु पर्ने हुन्छ। RFP को चरणमा MDMS प्रणाली स्थापना गर्न Primary site नतोकिएको, लागत अनुमानमा परामर्शदाताले नै व्यवस्था गर्नुपर्ने गरी Rental for Space मा खर्च खुलाईएको । उपरोक्त परामर्श सेवा खरिद गर्दा सम्झौता भएको मिति बाट ६ महिना भित्र Hardware Installation तथा Software Development को कार्य सम्पन्न गर्ने र बाकी ४.५ बर्ष निज परामर्शदाताले नै संचालन गर्ने गरी तयार भएको । खरिद गुरुयोजना तयार गर्ने जिम्मेवारी खरिद इकाईको भएकोले यस बारेमा मलाई जानकारी भएन। Conflict of Interest (Telcos) संग सम्बन्धित नभएको । परामर्शदाताको Self Declaration को कागजातलाई आधार मानि स्विकृत Evaluation criteria बमोजिम मुल्याङ्कन गरिएको । स्विकृत Evaluation Criteria तथा Eligibility Requirement परामर्शदाता Telecom Mobile operator नभएको हुनु पर्ने र निज Mobile को SIM को कारोबार गर्ने व्यवसायी मात्र भएकोले Eligibility Requirement बमोजिम Conflict of Interest नदेखिएको। उक्त Conflict of interest को उजुरीको बारेमा मुल्याङ्कन समितिलाई जानकारी नभएकोले यस विषयमा कुनै छलफल भएन। Eligibility Criteria तथा Evaluation criteria बमोजिम मुल्याङ्कन गरी अंक प्रदान गरिएको र उतिर्ण अंङ्क प्राप्त गर्ने प्रस्तावदाताहरुले परामर्शसेवाको साथै उपलब्ध गराउनुपर्ने Hardware तथा Software को लागि RFP requirement fullfil गर्नुपर्ने शर्तमा LOI जारी गर्ने गरी आर्थिक प्रस्ताव खोल्न सिफारिस गरिएको। आर्थिक प्रस्ताव मुल्याङ्कन गर्दा उच्चतम अंक M/S Mobillon Trade International Pvt. Ltd. Nepal (JV) ले प्राप्त गरेको । दोस्रो नम्बरमा M/S Nuemera (M) Sdn Bhd Malaysia (JV) रहेको। मुल्याङ्कन समितिको हस्ताक्षर नभएको प्रतिवेदन म संग रहेको । उक्त प्रतिवेदन यसै साथ संलग्न गरी पेश गरेको र सोही बमोजिम नै मुल्याङ्कन गरिएको । M/S Mobillon Trade International Pvt.Ltd. Nepal (JV) को Offered Price USD 70,71,205.77 (Seven Million Seventy-One thousand two hundred and 77/100 USD only), M/S Nuemera (M) Sdn. Bhd. Malaysia (JV) ko offered price USD 74,99,888.00 (Seven Million Four Hundred Ninety-Nine Thousand Eight Hundred and Eighty-Eight USD only) प्रस्ताव पेश गरेको र उक्त रकम RFP को ITC 24.2 अनुसार उपरोक्त offered price नै यस परामर्श सेवाको कुल रकम हुने व्यवस्था रहेको उक्त रकम ५ वर्षको अवधि (४.५ वर्ष संचालन समेत) को लागि offered price रहेको मानिएको भन्नेसमेत व्यहोराको बिनोद चन्द्र श्रेष्ठले मिति २०८०।०९।२६ गते गरेको बयान।
प्राधिकरणका उप-निर्देशक सुरेश बस्नेत अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:-
MDMS सेवा खरिद कार्यमा EOI मुल्याङ्कन गर्न मुल्याङ्कन समितिको सदस्यको रुपमा र निर्णय भई आए पश्चात भुक्तानी प्रकृयामा मेरो भुमिका रहेको । EOI मुल्याङ्कनका क्रममा Conflict of Interest को सम्बन्धमा सम्बन्धित संस्थाहरुले पेश गरेको Self Declaration Letter र स्विकृत EOI Criteria लाई आधार मानि मुल्याङ्कन गरेको । हालसम्म Goods अन्तर्गत LC बापत पहिलो लटमा ४५% वापत USD 1,71,825.85 मा ५% retention र ५% TDS कट्टा गरी बाँकी USD 1,53,473.99 भुक्तानि भएको, Goods वापत 2nd installment मा अर्को ४५% वापत USD 1,71,825.85 मा ५% retention र ५% TDS कट्टा गरी USD 1,54,643.26 भुक्तानि भएको, Software बापतको Contract अनुसार 30% भुक्तानी गर्नुपर्ने USD 14,11,178.37 (With VAT) मा ३०% of VAT amount को USD 48,704.38, 1.5% TDS USD 18,732.45 र Retention बापत (५%) USD 70558.91 कट्टा गरी Net Amount USD 12,73,182.60 भुक्तानि भएको, International Training दिए बापत USD 79,100 (With VAT) मा 1.5 TDS USD 1,050, VAT को 30% USD 2,730, 5% Retention USD 3,955 र संशोधित संम्झौताको प्रावधान अनुसार 10% पछि भुक्तानि गर्ने गरी रोक्का राखिएको USD 7,910 कट्टा गरी Net USD 63,455 भुक्तानि गरी हालसम्म रु.19,56,5०,७79.90 भुक्तानि गएको।Software Payment शिर्षकमा USD 41,62,768.08 भुक्तानि हुनु पर्नेमा (VAT बाहेक) 30% बापत हालसम्म USD 12,48,830.42 (Without VAT) खर्च लेखाङ्कन भएको उक्त संस्था लाई रु.15,09,99,457.44 भुक्तानि भएको छ। महालेखापरिक्षणको प्रतिवेदन को ५९ औं वार्षिक प्रतिवेदनमा र 60 औं वार्षिक प्रतिवेदनमा MDMS खरिदको पटक-पटक म्याद थप गर्दा पनि आपुर्ति कर्ताको ढिलाईका कारणबाट तोकिएको अवधिभित्र काम सम्पन्न नगरेकोले प्रचलित कानुन र संम्झौता बमोजिमको पुर्वनिर्धारित क्षेतिपुर्ति लिई कार्य सम्पन्न गराउनु पर्दछ भन्ने उल्लेख गरेकोमा प्राधिकरण बोर्डबाट सार्वजनिक खरिद नियमावली 2064 को नियम 120 (क) बाहौ संसोधन समेतको कारण उक्त परियोजनाको म्याद 2080 आषाढ मसान्तसम्म थप गरिएकोले सो मितिसम्म पनि सम्पन्न नभएमा सोही नियमावली अनुसार कानुन बमोजिम हुने भनि जवाफ पठाएको। उक्त समयसम्म पनि कार्य समाप्त नभएकोमा पुन:म्याद थप गरी L/C भुक्तानिको लागि निर्णय भई आ.प्र.शाखामा प्राप्त भएकोमा म्याद थप गरिएको विषयमा मैले उक्त विवरण प्राधिकरण बोर्डलाई जानकारी गराउनु पर्ने भनि सम्बन्धित शाखालाई पत्राचार गरेकोमा सम्बन्धित शाखाबाट प्राधिकरण बोर्डमा प्रस्ताव पेश गरी जानकारी गराएको प्राधिकरणको मिति 2080/6/22 गतेको निर्णयबाट आ.व.2080/81 निति तथा कार्यक्रमको बुँदा नं. 5.9 मा उल्लेख भएको Mobile Device Management System सम्बन्धि विवरण प्राधिकरण बोर्डमा छलफलको लागि पेश गर्ने र छलफल भई टुङ्गो नलागेसम्म यस शिर्षकमा कुनै भुक्तानि सम्बन्धि कार्य नगर्ने र नगराउने भिनिएकोले उक्त L/C को भुक्तानि हाल रोकिएको भन्ने समेत व्यहोराको सुरेश बस्नेतले मिति २०८०।१०।१५ गते गरेको बयान।
प्राधिकरणका सहायक निर्देशक सुर्य प्रसाद लामिछानेले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:-
Laurasia Associates UK को TOR अनुसार EIR कार्यान्वयनका Legislative Document तयार गर्न रहेको र Laurasaia Associates बाट EIR system को लागि Cost Estimate र Bid document को मस्यौदा पेश भएको। म खरिद इकाईको सदस्यमात्र रहेको हुँदा अध्यक्षस्तरिय निर्णय भई आएको कागजात तथा लागत अनुमान विद्यमान कानून अनुरुप नै स्विकृत भएको विश्वास लाग्छ।प्राधिकारणबाट जारी RFP Document अनुसार MDMS system जडान तथा संचालन गर्ने कार्यका लागि RFP Document पेश गरेको मध्ये एउटा मात्र संस्था Nuemera (JV) छनौट भएको। Nuemera ले पेश गरेको प्राविधिक र आर्थिक प्रस्तावका आधारमा वार्ता भएको र USD 74,99,888 पाँच वर्षका लागि पेश भएको हो।Negotiation गर्दा FIN-1 मा USD 74,99, 888 (Excluding Vat) लाई नै आधार लिएको थियो। आर्थिक प्रस्ताव उपर छलफल हुँदा Nuemera ले USD 1,90,110 Reimbursable Expenses अन्तर्गत रहेको भए पनि USD 4,33,000 घटाउने गरी बार्ता गरिएको थियो।प्रस्ताव पेश गरेको एउटा मात्र परामर्शदाता योग्य भएको र उक्त परामर्शदातासंग वार्ता गरी प्रस्तावित रकम घटाएको हो। Arrange space/venue for the Installation and operation of MDMS भनेको MDMS system संचालन गर्ने स्थानको लागि हुनुपर्ने हो। परामर्शदातालाई अध्ययन तथा तयारिका लागि आवश्यक स्थान प्राधिकरणले व्यवस्थापन गर्ने भनेको हो। Mobillon Trade International (JV) MDMS प्रणाली संचालन गर्ने कार्यसंग Conflict of Interest रहने हुँदा सो संस्था अयोग्य हुने भएको र एउटा मात्र प्रस्तावदाता Nuemera योग्य भएको भनेको हो। खरिद कार्य सम्बन्धि कागजातहरु सुरक्षित राख्नु पर्ने हुन्छ। त्यस सम्बन्धि कागजातहरु खरिद इकाईको प्रमुख खरिद अधिकारी र सम्बन्धित शाखामा रहने हुँदा उक्त जिम्मेवारीमा रहेको पदाधिकारीले कागजात उपलब्ध गराउनु पर्ने हो भन्नेसमेत व्यहोराको सुर्य प्रसाद लामिछानेले मिति २०८०।१०।०८ गते गरेको बयान।
प्राधिकरणका सहायक निर्देशक प्रतिक्षा पौडेलले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
मैले Bid Document बमोजिमको खरिद प्रकृया अघि बढाउनको लागि मात्र टिप्पणी उठान गरेको। Mobile Device Management System (MDMS) को Software नेपालको लागि नै निर्माण गर्नु पर्ने। EIR MNO ले जडान गरेको अवस्थामा सो EIR को रकम कट्टा हुने व्यवस्था गरेको । खरिद गुरुयोजना खरिद ईकाईको काम कर्तव्य भएको। EIR हेरक Operator ले राखेको छ वा छैन भन्ने एकिन नभएको, सो संख्या RFP स्विकृत गर्ने समयमा रहेका सेवा प्रदायक संस्थाको संख्या अनुसार राखिएको। EOI को Evalution गर्दा Bidder हरुले पेश गरेको Self-declaration Letter हेर्ने र स्विकृत भएको Evaluation Criteria अनुसार प्राप्त EOI को मुल्याङ्कन भएको। Negotiation मा उपस्थित भएको हुनाले Nuemera को Reimbursable Amount USD 4,33,000 घटाएर USD 74,99,888 बाट USD 70,66,888 भएको जानकारी थियो। यस क्रममा समेत Negotiation को लागि शाखा प्रमुख अच्युतनन्द मिश्र (खरिद इकाई प्रमुख) ले भनेको हुँदा शाखाको प्रतिनिधिको रुपमा मात्र सो छलफल समावेश भई हस्ताक्षर गरेको हो। सम्झौता गर्ने दिनमा शाखाको प्रतिनिधिको रुपमा खरिद इकाई प्रमुख नै आफ्नो शाखा प्रमुखको मौखिक आदेश अनुसार सम्झौतामा बसेको । सो Contract सम्बन्धि सम्पुर्ण कागजात खरिद इकाईले तयार गरेको।म तत्कालिन पुर्वाधार विकास शाखामा कार्यरत रहँदा Hardware को लागि LC खोल्ने कार्यमा सहभागि भएको।First Lot Hardware Dispatch Document को आधारमा र Third party hardware verification report को आधारमा ४५% of payment of 1st lot hardware amount भुक्तानि गरिएको भन्ने समेत व्यहोराको प्रतिक्षा पौडेलले मिति २०८०।१०।०४ गते गरेको बयान।
प्राधिकरणको सहायक निर्देशक विजय कुमार राय यादवले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
Nuemera(M) Sdn. Bdn. ले पेश गरेको December 3, 2018 कागजात अनुसार नै मुल्याङ्कन गरिएको । ३८.७ Bill of Material तथा हस्ते लिखित पाना नं. १२२ अनुसार नै मुल्याङ्कन भएको।उक्त परामर्शदाताको हकमा It must fulfil all the requirements as per rfp without any increment in the quoted amount लगायतका requirement हरु पुर्याउनुपर्ने गरी सिफारिस गरिएको र उक्त Requirement Comply गर्नु पर्ने थियो। मुल्याङ्कन समितिको सिफारिस पश्चात पुन उक्त Criteria पुरा गरी मुल्याङ्कन समितिमा पेश नभएको।खरिद एकाईको सदस्य सचिवको निर्णय प्रक्रियामा भुमिका नरहने र सचिवको भुमिका Documentation मा र चिठ्ठि पत्र आदान प्रदान गर्ने चिठ्ठिपत्रहरु राख्ने, निर्णयहरु राख्ने कार्य पर्दछ। MDMS परामर्श सेवा खरिद कार्य प्राधिकरणको आफ्नो कोष (NTA fund) बाट भएको तथा RTDF fund बाट नभएको।M/S Mobillon trade international Pvt Ltd. Nepal, Infra data N.V. बाट USD 70,71,205.77 Quoted Price रहेको। Nuemera (M) Sdn.Bhd. Malaysia OSI Consulting Pvt Ltd. India and Namaste Global Com. Pvt Ltd. Singapore (JV) बाट USD 74,99,888 Quoted Price रहेको। मुल्याङ्कन प्रतिवेदन प्राधिकरणका उप-निर्देशक विनोद चन्द्र श्रेष्ठले पेश गरेको अनुसार नै भएको। मुल्याङ्कन समितिले Highest Score गरेको परामर्शदाता Mobillion लाई दिन सिफारिस गरेको। RFP को Information to consultants को २४.२ मा Lump sum contract को लागि Fin-1 मा जति मुल्य प्रस्ताव गर्छ त्यो नै निजको offer price final हुने भएकोले सो मात्र लिएर मुल्याङ्कन गरिएको । खरिद एकाईको 299 औं बैंठकमा Nuemera संग भएको वार्ता स्विकृत सम्बन्धमा निर्णय हुन पेश गर्ने भनि सिफारिस भएको मिति 2076/02/28 को प्राधिकरणको अध्यक्षज्युको निर्णयबाट वार्ता गर्ने निर्णय भएकोमा उक्त निर्णय बमोजिम 14-17 June,2019 मा भएको minutes of negotiation over RFP document no /NTA/MDMS/ 01/075/076 को विषयमा वार्ता भई Minute भएको र सो minute मा रहेको कुराहरु प्राधिकरणको निर्णयकर्ता अध्यक्षज्युबाट निर्णय हुन खरिद एकाईले पेश गरेको ।Nuemera ले पेश गरेको आर्थिक प्रस्तावमा Reimbursable Expenses करिव USD 1,90,000 रहेको छ। Nuemera को Financial proposal मा RFP मा उल्लेखित BOQ अनुसार नभएकोले Payment modality map गर्न नसक्ने भएकोले Nuemera ले पेश गरेको Software समेतमा reimbursable amount थियो त्यो घटाइएको। खरिद कार्यको खरिद योजना तयार गरिएको तथा खरिद गुरुयोजना तयार नगरिएको। MDMS सम्बन्धि भुक्तानीमा उक्त मितिमा USD 1,71,825.85 @116.10 को रु.1,99,48,951.19।– रकम भुक्तानिको लागि Journal voucher उठाएको थियो।Conflict of interest भनि दिएको निवेदन मुल्याङ्कन समितिमा पेश भएन यो विषय मुल्याङ्कन समितिमा नभई अध्यक्षज्युबाटै निर्णय भएको भन्नेसमेत व्यहोराको विजय कुमार राय यादवले मिति २०८०।१०।०९ गते गरेको बयान।
प्राधिकरणको सहायक निर्देशक निराजन कोईरालाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
Contract Negotiation प्राधिकरणले खरिद इकाई र Nuemera (M) Sdn.Bhd. Malaysia, OSI consulting Pvt ltd. India and Namaste Global communication Pte. Ltd. Singapore JV बिच भएको र तत्कालिन शाखा प्रमुख र खरिद इकाई प्रमुखको मौखिक निर्देशन बमोजिम आमान्त्रितको हैसियतमा उक्त Contract Negotiation मा उपस्थित भएको। 14-17 June,2019 मा सम्पन्न भएको वार्ताको प्रक्रिया निर्णय खरिद इकाईबाट हुने भएको यस विषयमा मलाई कुनै जानकारी छैन। उपस्थित भएकै हैसियतमा मैले हस्ताक्षर गरेको । Reimbursable Expense USD 4,33,000 Negotiation Minute मा समावेश भएको व्यहोरा मात्र जानकारीमा छ। शाखाको सहायक निर्देशक लामो काजमा रहेको अवस्थामा तत्कालिन शाखा प्रमुख श्री अच्युत नन्द मिश्राले यो कार्य छिटो गर्नु पर्ने भएकोले मलाई परामर्शदाता TTG को MDMS software and operation को Testing Verification & certification Report, परामर्शदाता Neumera (JV) ले भुक्तानिको लागि गरेको पत्र समेत उपलब्ध गराई टिप्पणी उठाउन भन्नु भएकोले टिप्पणी पेश गरेको भन्नेसमेत व्यहोराको निराजन कोइरालाले मिति २०८०।१०।०७ गते गरेको बयान।
प्राधिकरणका सहायक निर्देशक कैलाश कार्कीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
MDMS सम्झौता अन्तर्गत अन्तराष्ट्रिय तालिम बापतको भुक्तानी सम्बन्धमा शाखामा कार्यरत सहायक निर्देशकको रुपमा पदिय जिम्मेवारी बमोजिम टिप्पणी उठान भएको सो बाहेक परामर्शदाताबाट प्राप्त हुने पत्र तथा व्यहोराहरु टिप्पणिका रुपमा उठाई सो उपर प्राधिकरणबाट भएको निर्णयहरु परामर्शदातालाई जानकारी गराउने भुमिका रहेको।परामर्शदाताबाट Training Plan (online) प्राप्त भएको सो सम्बन्धमा मिति 2078/02/25 मा टिप्पणी पेश गरेको। Scope of works को ५ मा Training सम्बन्धमा उल्लेख भएको। सो मा the MDMSSP shall also provide Training to personal of MNOS, customs Security Agency, Mobile device importers to train them relating to MDMS भन्ने व्यवस्था रहेको यसै सम्बन्धमा परामर्शदाताले NTA Users, Importer users र Custom Users लाई तालिम प्रदान गर्ने भनि Training Plan प्राप्त भएकोमा सो बमोजिम Training Online संचालन गर्ने सम्बन्धमा पेश गरेको।उक्त तालिममा MDMS प्रणालिको Basic Introduction सहित Importer user हरुलाई Importers Module र Custom User हरुलाई Custom Module का सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको र उक्त Training प्राधिकरणले खर्च ब्यहोर्ने गरी नभई सम्झौतानुसार निज परामर्शदाताकै दायित्वमा पर्ने।उक्त Software को Custom module NTA Module र Importers Module का सम्बन्धमा निज परामर्शदाताले Importer Users, NTA Users र Customs Users लाई 2078 साल अषाढमा online training प्रदान गरेको। निजले प्राधिरकणका सात जना कर्मचारिहरुलाई १० कार्यदिनको अन्तराष्ट्रिय तालिम प्रदान गर्नुपर्ने। परामर्शदाता संस्थाबाट International Training का लागि Invitation सहिको पत्रचार प्राधिकरणलाई (पत्र मिति September 21, 2022) भए पश्चात उक्त पत्रको व्यहोरा पेश गर्ने आदेश बमोजिम पेश गरिएको र सो उपर प्राधिकरण व्यवस्थापनबाट 2079/6/08 मा प्राधिकरणका सात (७) जना प्राविधिक कर्मचारीहरुलाई उक्त Training को लागि मनोनयन गरिएको र International Training Huawei Training centre Bangkok मा संचालन गरेको। MDMS प्रणालिको लागि परामर्शदाता भएको सम्झौमा बमोजिम हालसम्म करिव 23.4 प्रतिशत रकम भुक्तानि भएको छ।International Training को अलावा सम्झौतामा Training & Knowledge Transfer (TOR को XXII) र Training सम्पन्न गराउनु सम्झौतानुसार परामर्शदाताको दायित्व भएको तर सो बापत छुटै रकम सम्झौतामा व्यवस्था रहेको छैन।परियोजनाको लागि नियुक्त Third Party Consultant बाट 11 जुन 2020 मा प्राप्त प्रतिवेदन अनुसार Consumer Module, NTA Module, Importer Module, Customs Module (Now Integrated to NNSW), LEA Module तयार भएकोमा केही Test cases हरु Integration र KYC Activation पश्चात मात्र सम्पन्न गर्न सकिने भनि उल्लेख भएको, तयार भएको Software Module हरु Primary Site मा रहने Hardware equipments जडान भए पश्चात त्यहाँ Deploy गर्न बाँकी रेहेको। उक्त परियोजनाको म्याद 2080 फागुन मसान्तसम्म थप भएको भन्नेसमेत व्यहोराको कैलाश कार्कीले मिति २०८०।१०।१६ गते गरेको बयान।
प्राधिकरणको आर्थिक प्रशासन शाखाको सहायक निर्देशक लक्ष्मी देवी बश्यालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान
मेरो उल्लेखित उजुरीमा खुलाइएका विषयवस्तुहरुमा कहि कतै संलग्नता नरहेको। शाखा प्रमुखले आदेश गरे बमोजिमका कार्यहरुलाई शाखाको Accounting Software मा Data Entry गरेको।प्राधिकरणको आ.व. २०७४।७५ को उपर्युक्त बमोजिमको परामर्श सेवा खरिदमा खरिद प्रकृया सुरु भई दुईवटा भुक्तानी हुँदा सम्म प्राधिकरणमा नियुक्ति नभएको। पछाडि भुक्तानि भएका दुइवटा विलहरुको सम्बन्धमा सम्बन्धित शाखा/महाशाखाबाट भुक्तानीका लागि पेश भई भुक्तानी गर्न स्वीकृत भए पश्चात प्रशासन महाशाखा हुँदै आर्थिक प्रशासन शाखा प्रमुख मार्फत भौचर प्रविष्टि गर्न अह्राएको/लगाएको कार्य मात्र सम्पादन गरेको। Software वापतको पहिलो भुक्तानि तथा कर्मचारी तालिम वापतको रकम भुक्तानी गर्न शाखा प्रमुखज्यूको प्रत्यक्ष निगरानीमा काम सिकाउने हेतुले गोश्वारा भौचर तथा भुक्तानी भौचर प्रविष्टि गरेको । म समेतले भुक्तानीको लागि पेश गर्दा कार्य सम्पन्न भएको सम्बन्धमा सम्बन्धित शाखा/महाशाखाबाट टिप्पणी उठान गर्दाको बखत कागजातहरु अपलोड गरी सोही कागजातहरुका आधारमा कार्यालय प्रमुखले भुक्तानीको निर्णय गरी सके पश्चात भुक्तानी उठान गर्न शाखा प्रमुखले लगाउने जिम्मेवारी भएको कारण उक्त भुक्तानीको निर्णयमा संलग्न कागजातहरु प्रिन्ट गरी फाइल तयार गर्ने र स्वीकृत निर्णय अनुसारको भुक्तानी रकममा नियमानुसार लाग्ने कर भुक्तानी गर्नको लागि पेश गरेको। कागजात चेक जाँच गरी यकिन गर्ने जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुख तथा प्रशासन महाशाखा प्रमुखको रहेकोभन्ने समेत व्यहोराको मिति २०८०।११।१० गतेको बयान ।
प्राधिकरणको भेषराज पोखरेले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:
शाखाले लाए अह्राएको काम गरेको र बैंकबाट Debit Advice प्राप्त भए पछि शाखाले लगाएको काम अनुसार Data Entry मात्र गरेको। प्राधिकरणले स्पष्ट रुपमा कुनै काम कर्तव्य र अधिकार तोकी नदिएको र लगाए अह्राएको कार्य मात्र गर्दै आएको । खरिद कार्यमा संलग्न नभएको र भुक्तानी कार्यमा समेत आर्थिक प्रशासन शाखाको सम्बन्धि अधिकारी (प्रमुख) ले भुक्तानीको पत्र तयार गरी बैंक पठाएको र बैंकबाट प्राप्त Advice अनुसारको विवरण माथिल्लो अधिकारीले तोके अनुसार र दिएको आदेश अनुसार Data entry मात्र गरेको र अभिलेख र फाइलिङ्ग गरेको अन्य कुनै कार्यमा संलग्न नरहेको। बैंकलाई प्रशासन महाशाखा प्रमुख दिपेश आचार्य र आ.प्र. शाखा प्रमुख सुरेश बस्नेतले मिति २०७७।०४।२७ र २०७७।१०।१५ मा बैंकलाई पत्र पठाउदा नै सम्पुर्ण कागजपत्रको रुजु र चेक जाँच गरी बैंकबाट Advice प्राप्त भए पछि आर्थिक प्रशासन शाखा प्रमुखले Data Entry गर्न भने पछि Data Entry मात्र गरेको भन्ने समेत व्यहोराको मिति २०८०।११।१० गतेको बयान ।
प्राधिकरणको आर्थिक प्रशासन शाखाको सहायक मनोज पौडेलले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान
सहायक पदको लागि TOR को व्यवस्था नभएको हुँदा माथिल्लो तहको पदाधिकारीले लाए अह्राएको काम गरेको । सम्पुर्ण प्रकृयाको समाप्त पश्चात माथिल्लो तहको निर्देशानुसार Book Keeping का लागि Data Entry गर्ने तथा फाइलिङ गरी सुरक्षित राख्ने कार्यमा मेरो भुमिका थियो। Data Entry मा म संलग्न रहेको भौचर नं. J.V. ६२८ मा MDMS System (Work in Progress) शिर्षकमा रु.१६,७३,६५,७५४.६८ भुक्तानी भएको सम्म जानकारी छ। यो रकम Software वापत ३०% पहिलो भुक्तानी रहेको। भौचर तयार गरेको समयमा कागजातहरु छन्, छैनन् चेकजाँच गर्ने मेरो जिम्मेवारीमा नरहेको, भौचर रुजु गर्ने लेखा प्रमुख (सुरेश बस्नेत) र भौचर स्वीकृत गर्ने (दिनेश आचार्य) को प्रमुख जिम्मेवारी हो भन्नेसमेत व्यहोराको मिति २०८०।११।१० गतेको बयान ।
प्रकाशित: २५ चैत्र २०८०, आईतवार