२५ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात

  • Technology Khabar | २३ चैत्र २०८०, शुक्रबार
२५ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात

काठमाडौं ।

नेपालमा थोरैले टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयातको आयात बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको तथ्यांकमा २५ अर्ब १८ कारेड ८७ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात देखिन्छ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २४ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। गत आवको सोही अवधिको तुलनामा चालु आवमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात ६८ करोड ८९ लाख रुपैयाँ अर्थात २.८ प्रतिशतले बढेको छ।

चालु आवको पहिलो आठ महिनामा नेपालमा सबैभन्दा धेरै टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आयात भएको छ। चीनबाट १८ अर्ब २० करोड ४ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ। चीनबाट हुने टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात गत आवको तुलनामा ४.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। गत आवको सोही अवधिमा चीनबाट १७ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो।

भारतबाट ६ अर्ब ६९ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

अन्य मुलुकबाट ३८ करोड १४ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...