सिंगल चार्जमा तीन दिन चल्ने अनर एक्स७बी नेपाली बजारमा, सुरुवाती मूल्य २२ हजार ९९९

Technology Khabar १५ चैत्र २०८०, बिहीबार

काठमाडौं ।

अनर एक्स७बी नेपालमा उपलब्ध भएको छ। नेपालका लागि अनर को आधिकारिक वितरक सेल्ट्रोन नेपालले आकर्षक अर्ली(बर्ड अफरको साथ अनर एक्स७बी नेपाली बजारमा लन्च गरेको हो।

८ प्लस ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको अनर एक्स७बीको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकिएको छ। भने, अर्ली बर्ड अफर अन्तर्गत ग्राहकले २२ हजार ९९९ रुपैयाँमा अनर एक्स७बी किन्न सक्नेछन्। यस अफर ३१ मार्चसम्म मात्र लागु हुनेछ। यो फ्लोइङ सिल्भर, इमराल्ड ग्रीन, र मिडनाइट ब्ल्याक गरि तीन रंगहरूमा उपलब्ध छ भने अफलाइन र अनलाइन प्लेटफर्महरू मार्फत खरिद गर्न सकिन्छ। अफलाइनको लागि यो अधिकृत खुद्रा पसलहरू तथा अनलाइनमा दराज र हुकुट मार्फत खरिद गर्न सकिन्छ।

ब्याट्री

६ हजार एमएएच अल्ट्रा-लार्ज ब्याट्री भएको, अनर एक्स७बीले डीएक्सओमार्क ब्याट्री लेबल प्राप्त गरेको छ। फोन सिंगल चार्जमा ३ दिनसम्म ब्याट्री टिक्ने दाबी गरिएको छ। नयाँ फोन हालसम्मका सबै अनर एक्स सिरिजका स्मार्टफोनहरूमध्ये उत्कृष्ट ब्याट्री जीवन प्रदान गर्दछ। एकल चार्जमा, एक्स७बीले १८ घण्टा सम्मको भिडियो स्ट्रिमिङ, २४ घण्टा सोशल मिडिया ब्राउजिङ वा ६९ घण्टा संगीत स्ट्रिमिङलाई समर्थन गर्न सक्छ।

क्यामरा

एक्स७बीले १/१.६७(इन्च सेन्सरको साथ १०८ एमपी मुख्य क्यामरा छ। अनर एक्स७बीले ज्ञ।ढद्दµm मापनको पिक्सेल साइज प्राप्त गर्न ९ इन १ पिक्सेल बिनिङलाई समर्थन गर्दछ, जसले कम प्रकाशको चुनौतीपूर्ण अवस्थामा पनि क्यामरालाई उज्यालो र ज्वलन्त शटहरू खिच्न सक्षम पार्छ। सेल्फीका ७ मेगापिक्सलेको क्यामरा पाउन सकिन्छ।

प्रदर्शन र अडियो

९१.३ प्रतिशत स्क्रिन-टु-बडी अनुपातको साथ ६.८-इन्च अनर फुल भ्यू डिस्प्ले फिचर गर्दै, क्यामरा एक्स७बीले एफएचडीप्लस रिजोल्युसन र १६.७ मिलियन रंगहरूको रंग गहिराइलाई समर्थन गर्दछ, स्पष्टता र जीवन्त रंगहरूसँग दृश्यहरू प्रदान गर्दछ। मानव केन्द्रित टेक्नोलोजीमा ब्रान्डको प्रतिबद्धता प्रदान गर्दै, अनर एक्स७बी सर्काडियन नाइट डिस्प्ले र डायनामिक डिमिङ लगायत का सुबिधा ले आँखा लाइ आराम दिन्छ र हानि गर्दैन।

यसको अर्को रोचक पक्ष यसको अडियो हो। डुअल स्पिकरलाई सपोर्ट गर्दै अनर एक्स७बीको भोल्युम २०० सम्म जान सक्ने भएकाले यो तपाईको खल्तीमा स्पिकर जस्तै हुने कम्पनीले जनाएको छ ।

स्टोरेज र प्रदर्शन

अनर एक्स७बीमा २५६जीबी बिशाल स्टोरेज रहेको छ जसमा जसले स्थानीय रूपमा ६ हजार तस्वीर, २४ हजार गीतहरू वा ९५० एचीडी भिडियोहरू राख्न सकिन्छ। अनर एक्स७बीमा अनर र्याम टर्बो (८जीबी प्लस ८ जीबी) पनि छ, जुन अनर स्वामित्वको टेक्नोलोजी हो जसले फ्ल्यास मेमोरीको एक भागलाई र्याममा सार्न सक्छ, जसको अर्थ ८ जीबी र्यामलाई १६ जीबीमा बढाउन सकिन्छ। अनर एक्स७बी क्वालकम स्न्यापड्रागन ६८० चिप सेट छ र एन्ड्रोइड १३ र म्याजिक ओएस ७.२ मा चल्छ।

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया