अटो टेक

मित्सुबिशीले इलेक्ट्रिक प्राकृतिक ग्यास प्रवर्द्धन गर्न अन्य सात कम्पनीसँग गठबन्धन बनाउने

मित्सुबिशीले इलेक्ट्रिक प्राकृतिक ग्यास प्रवर्द्धन गर्न अन्य सात कम्पनीसँग गठबन्धन बनाउने
Global IME Bank

जापानी कम्पनी मित्सुबिशी कर्पोरेशनले विद्युतीय प्राकृतिक ग्यास (ई-एनजी) को विकास र उत्पादनलाई समर्थन गर्न टोटल एनर्जी र टोकियो ग्यास लगायत अन्य सात फर्महरूसँग अन्तर्राष्ट्रिय गठबन्धन बनाउने मंगलबार घोषणा गरेको छ।

ई-एनजी नवीकरणीय हाइड्रोजन र कार्बन डाइअक्साइड (सीओ२) बाट उत्पादन हुने सिंथेटिक ग्यास हो र विद्यमान पूर्वाधारहरूको प्रयोग गरी ढुवानी र भण्डारण गर्न सकिने मित्सुबिशीले एक विज्ञप्तिमा भन्यो।

कम्पनीहरूले नेट-शून्य कार्बन भविष्यतर्फ रुपान्तरण हुँदै ऊर्जालाई गति दिन ई-एनजीको भूमिका खेल्ने विश्वास गर्छन्।

जलवायु परिवर्तन विरुद्धको लडाईमा योगदान पुर्याउने उद्देश्यका साथ, मित्सुबिसी र यसका साझेदारहरूले भरपर्दो, किफायती र दिगो तरिकाले ई-एनजीको विकासलाई तीव्रता दिने योजना बनाएका छन्।

मित्सुबिशीका अन्य साझेदारहरूमा फ्रान्सको इन्जि, अमेरिकाको सेम्प्रा इन्फ्रास्ट्रक्चर, बेल्जियमको टीईएस, र जापानको ओसाका ग्यास र तोहो ग्यास छन्। उनीहरूले वर्षको पहिलो अर्ध वार्षिकमा “ई-एनजी गठबन्धन” नामक समूह सिर्जना गर्ने योजना बनाएका छन्।

Sajilo Visa
easy care