विद्यालयमा सिसी क्यामरा

  • Technology Khabar | १ चैत्र २०८०, बिहीबार
विद्यालयमा सिसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विद्यालयमा सिसी क्यामरा जडान गर्न थालिएको छ।

शैक्षिक सुधारका लागि विद्यालयमा सिसी क्यामरासँगै बायोमेट्रिक ई हाजिरी र स्मार्ट बोर्डसमेतको व्यवस्था गर्न सुरु गरिएको हो।

पछिल्लो समय खस्किँदै गएको शैक्षिक अवस्थालाई दृष्टिगत गरी शिक्षा क्षेत्रलाई गुणस्तरीय, व्यवस्थित, अनुशासित तथा मर्यादित बनाउनसमेत विद्यालयमा सिसी क्यामरालगायतका प्रविधि जडान गरिएको हो।

मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघुको मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा सिसी क्यामरा जडान गरिएको छ।

विद्यालयका अनुसार विद्यालय परिसर, कार्यालय, कक्षाकोठालगायतको निगरानी गर्न सकिने गरी क्यामरा जडान गरिएको हो।

प्रकाशित: १ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १ चैत्र २०८०, बिहीबार