Technology Khabar ३० फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन्।
उनीहरूको क्याप्सुल सम्पूर्ण अमेरिकाभर फैलिएको बिहानको अँध्यारोमा तिब्रगतिमा झर्यो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा अवतरण भएको थियो।
नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गरेका थिए।
उनीहरू गत अगस्टमा अन्तरिक्ष स्टेसनमा गएका थिए। उनीहरूलाई प्रतिस्थापन गर्नेहरू गत साता उनीहरूकै आफ्नो स्पेसएक्स क्याप्सुलमा आएका हुन्।
मोघबेलीले सोमबार परिक्रमा परिसरबाट प्रस्थान गरेपछि रेडियोमा भने, “हामीले तपाईंहरूका लागि बदामको केही बटर र टर्टिला छाडेका छौँ।” नासाका लोरल ओ’हाराले जवाफ दिए, “म तपाईंलाई पहिलादेखि नै सम्झन्छु र उदार उपहारका लागि धन्यवाद।”
रुसी सोयुज क्याप्सुलमा सवार हुनुअघि ओ’हारासँग अन्तरिक्ष स्टेसनमा अझै केही साता छन्। अन्तरिक्ष स्टेसन छाड्नुअघि मोगेन्सनले सामाजिक सञ्जाल एक्समा भने, “रुखहरूमा चराहरूको गीत सुन्नका लागि प्रतीक्षा गर्न सक्तिनँ र कुरकुरे भोजन खाने पनि इच्छा छ।”
रकेटमा गडबडीको अवस्थामा नासाले धेरै विकल्पलाई प्राथमिकता दिन्छ। बोइङले मेको प्रारम्भमा दुई–पाइलट परीक्षण उडानसहित अन्तरिक्ष यात्री ट्याक्सी प्रदान गर्न सुरु गर्ने योजना छ। रासस/एपी
प्रकाशित: ३० फाल्गुन २०८०, बुधबार