आईफोन १६ प्रो को लीक भएको स्कीमेटिक्समा क्याप्चर बटन देखापर्यो

  • Technology Khabar | २९ फाल्गुन २०८०, मंगलवार
आईफोन १६ प्रो को लीक भएको स्कीमेटिक्समा क्याप्चर बटन देखापर्यो

काठमाडौं ।

सामान्य डिजाइनलाई केही थोरै परिवर्तनहरू देखाउँदै आईफोन १६ प्रो को रफ स्कीमेटिक्स (योजनाबद्ध) लीक भएको छ। साथै प्रतिवेदनले ठुलो स्क्रिनमा इशारा गर्दै सटीक आयामहरू पनि समावेश गरेको स्रोतलाई उदृत गर्दै९१मोबाइल्सले रिपोर्ट गरेको छ।

लीक भएका तस्बिरहरूमा आईफोन १६ प्रो को फ्रेमको दायाँ छेउमा रहेको पावर बटन मुनि तथाकथित क्याप्चर बटन राखिएको देख्न सकिन्छ। उक्त बटनले क्यामराहरूमा हुने गरेको सफ्ट (नरम) शटर बटनहरूको नक्कल गर्ने जनाइएको छ। लाइट प्रेसले क्यामरालाई फोकस गर्नेछ भने फुल(पूर्ण) प्रेसले फोटो खिच्ने उल्लेख छ। साथै केहि समय पहिले सोनी फोनमा यो फिचर समावेश गरिएको थियो।

त्यसका साथै सोही लीकमा १४९.६ x ७१.४ x ८.४ एमएम सहितको नयाँ आयामहरूको बारेमा पनि रिपोर्ट गरिएको छ र जसको अर्थ आईफोद्द १६ प्रो अब थोरै अग्लो र थोरै फराकिलो हुनेछ।

साथै यस रिपोर्टले आईफोन १६ प्रो अब गत वर्षको ६.१ इन्च प्यानल भन्दा ६.३ इन्च स्क्रिनको साथ लन्च हुने भनेर आएको अघिल्लो रिपोर्टलाई पुष्टि गरेको छ। साथै, स्कीमेटिक्सले केही पातलो बेजेलहरू देखाउको हुनाले ठूलो आईफोन १६ प्रो देख्न सकिने सम्भावना रहेको छ।

त्यसैगरी यस वर्ष सानो प्रो विस्तार गर्ने निर्णय डिजाइन अवरोधहरूबाट उत्पन्न भएको हुन सक्ने जनाइएको छ।

आईफोन १६ प्रोले गत वर्षको आईफोन १५ प्रो म्याक्सको टेट्राप्रिज्म टेलिफोटो क्यामरा अपनाउने र हार्डवेयर अवस्थित आईफोन १५ प्रो भित्र फिट नहुन सक्ने संभावना औंल्याएको छ।

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २९ फाल्गुन २०८०, मंगलवार