पिक्सेल ८ ले जेमिनी नानो प्राप्त नगर्ने गुगलको पुष्टि

Technology Khabar २९ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

गुगलको पिक्सेल ८ र ८ प्रोमा र्याम क्षमता बाहेक लगभग समान हार्डवेयर हुने दाबी गरिएको छ। यद्यपि स्ट्याण्डर्ड भेरियन्टले गत डिसेम्बरमा घोषणा गरिएको कम्पनीको एआई मोडेलको सबैभन्दा सानो संस्करण ‘जेमिनी नानो’ प्राप्त नगर्ने सर्च जायन्टले पिक्सेल ८ को लागि समाचारहरूमा खुलासा गरेको छ।

आफ्नो डिभाइसमा मोबाइल–मैत्री एलएलएम प्राप्त गर्ने आशा गरिरहेका पिक्सेल ८ का प्रयोगकर्ताहरूका लागि भने यो निरस बनाउने विषय हो।

गुगलले एन्ड्रोइड डेभलपर्स च्यानलमा ‘द एन्ड्रोइड शो’ को भर्खरको एपिसोडमार्फत पिक्सेल ८ मा जेमिनी नानो नराखिने बारेमा पुष्टि गरेको छ। स्मार्टफोनको हार्डवेयर सीमितताका कारण यस्तो भएको गुगलका डेभलपर रिलेसन्स इन्जिनियर टेरेन्स झाङले खुलासा गरेका छन्। यद्यपि झाङले ती सीमितताहरू के हुन् भनेर विस्तृत रूपमा नबताएको उल्लेख छ।

पिक्सेल ८ को स्ट्याण्डर्ड र प्रो भेरियन्टहरू बीचको भिन्नता भनेको स्ट्याण्डर्डमा ८जीबी र्याम प्याक गरिएको र प्रो भेरियन्टहरूमा १२ जीबी र्याम रहेको जनाइएको छ।

जेमिनी नानो पिक्सेल ८ प्रो र ग्यालेक्सी एस२४ सिरिजमा संचालन हुने उल्लेख गरिएको छ। एआई मोडलले रेकर्डर एपमा समराइज (सारांश), जीबोर्ड, ह्वाट्सएपमा स्मार्ट रिप्लाई र नेटवर्क कनेक्सन बिना नै फोटोग्राफी इनहान्स जस्ता फिचर्स प्रदान गर्ने जनाइएको छ।

साथै स्ट्याण्डर्ड भेरियन्टमा एआई मोडलको अभावले पिक्सेल ८ र ८ प्रो बीचको अन्तरलाई ठूलो बनाएको छ। त्यसैगरी यदि कसैले पिक्सेल ८ डिभाइस किन्ने विचार गर्दै छन् भने यो कुरालाई दिमागमा राख्नका लागि आग्रह पनि गरिएको छ।

त्यसका साथै गुगलले जेमिनी नानोको कम्प्याटिबिलिटी (अनुकूलता) लाई थप हाई–इन्ड डिभाइसहरूमा विस्तार गर्न काम गरिरहेको पुष्टि गरेको छ।

हालै, चिप निर्माता मिडियाटेकले पनि डाइमेन्सी ९३०० र ८३०० चिप्सको लागि जेमिनी नानोलाई अप्टिमाइज गर्न गुगलसँग आफ्नो साझेदारीको घोषणा गरेको छ।

सर्च जायन्टले सन् २०२५ को सुरुसँगै एन्ड्रोइड स्मार्टफोनहरूमा जेमिनीलाई एकीकृत गर्ने योजनाहरू पनि रेखांकित गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया