नेपाल टेलिकमले सुन्धारा कार्यालय अन्तरगतका क्षेत्रहरुमा कपर प्रविधिको टेलिफोन सेवा बन्द गर्ने

  • Technology Khabar | २७ फाल्गुन २०८०, आईतवार
नेपाल टेलिकमले सुन्धारा कार्यालय अन्तरगतका क्षेत्रहरुमा कपर प्रविधिको टेलिफोन सेवा बन्द गर्ने

काठमाडौं ।

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा अन्तरगतका क्षेत्रहरुमा रहेको कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गर्ने भएको छ।

सो कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण क्षेत्रहरू बागबजार, थापाथली, त्रिपुरेश्वर, टेकू, परोपकार, ढल्को, सोह्रखुट्टे, लैनचौर, ठमेल, क्षेत्रपाटी, ठहिटी दरबार मार्ग, न्युरोड, हनुमान ढोका, सुन्धारा, लगन लगायतका स्थानहरूमा सञ्चालित अधिकांश आधारभूत टेलिफोन (पीएसटीएन) सेवाहरू एफटीटीएच प्रविधिमा माइग्रेसन भइसकेको र बाँकी लाइनहरू पनि माइग्रेसन गरी निकट भविष्यमा कपर सिस्टम बन्द गर्ने योजना रहेको जानकारी दिएको छ।

कम्पनीले सेवाग्राहीहरुलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी आफ्नो सेवालाई आधुनिक एफटीटीएच प्रविधिमा अपग्रेड गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार