दूरसञ्चार प्राधिकरणको खुद नाफा डेढ अर्बले बढ्यो

  • Technology Khabar | २३ फाल्गुन २०८०, बुधबार
दूरसञ्चार प्राधिकरणको खुद नाफा डेढ अर्बले बढ्यो

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको खुद नाफा बढेको देखिएको छ। प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा खुद नाफा आधाभन्दा बढीले बढेको देखिएको हो।

गत आर्थिक वर्ष प्राधिकरणले ३ अर्ब ८८ करोड १ लाख ६१ हजार १३८ रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणको खुद नाफा २ अर्ब ३१ करोड ५९ करोड २९ हजार ८०७ रुपैयाँ थियो।

अघिल्लो आवको तुलनामा गत आवमा प्राधिकरणको खुद नाफा एक अर्ब ५६ करोड ४२ लाख ३१ हजार ३३१ रुपैयाँ अर्थात ६७.५३ प्रतिशतले बढेको छ।

प्राधिकरणले गत आवमा ४ अर्ब ३३ करोड ४२ हजार १६६ रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो आवमा प्राधिकरणको आम्दानी ४ अर्ब ३४ करोड १७ लाख ८३ हजार ३०१ रुपैयाँ थियो।

गत आवमा प्राधिकरणको खर्च ४४ करोड ९८ लाख ८१ हजार २७ रुपैयाँ रहेको थियो। प्रशासनमा प्राधिकरणको सबैभन्दा धेरै रहेको छ। प्राधिकरणको प्रशासन खर्च ३१ करोड ४४ लाख ४८ हजार ८४९ रुपैयाँ रहेको छ।

प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • २३ फाल्गुन २०८०, बुधबार