नयाँ मन्त्रिपरिषद् गठनसँगै सञ्चार मन्त्री रेखा शर्माको पद गुम्यो, सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

  • Technology Khabar | २१ फाल्गुन २०८०, सोमबार
नयाँ मन्त्रिपरिषद् गठनसँगै सञ्चार मन्त्री रेखा शर्माको पद गुम्यो, सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई
फाइल तस्विर

काठमाडौं ।

सत्ता गठबन्धन परिवर्तनसँगै वर्तमान संचारमन्त्री रेखा शर्माको पद गुमेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नयाँ सरकार गठन गरेसँगै शर्माको पद गुमेको हो।

प्रधानमन्त्री दाहालले सबै मन्त्रीहरु बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नयाँ कार्य विभाजनअनुसार अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री दाहाल आफैंले लिएका छन्। यसका साथै उनले अन्य सबै मन्त्रालय हाल आफू मातहत राखेका छन्।

पद मुक्त संचार मन्त्री शर्मा नेकपा माओवादीकी नेतृ हुन्।

प्रधानमन्त्रीले नयाँ गठबन्धन अन्तरगत हाल हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई कार्यभार पछि तोकिने गरी विना विभागीय मन्त्री बनाएका छन्।

प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...