गत आवमा एक दूरसञ्चार सेवा प्रदायक सहित ९ सेवा प्रदायकको लाइसेन्स खारेजी

  • Technology Khabar | २१ फाल्गुन २०८०, सोमबार
गत आवमा एक दूरसञ्चार सेवा प्रदायक सहित ९ सेवा प्रदायकको लाइसेन्स खारेजी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा ९ ओटा सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेजी गरेको छ। प्राधिकरणले इन्टरनेट (इमेलसहित) ७ ओटा र नेटवर्क सेवा र आधारभूत दूरसञ्चार सेवाको एक/एक गरी कुल ९ ओटा सेवा प्रदायकको अनुमतिपत्र खारेजी गरेको हो।

नेटवर्क सेवा प्रदायकको रुपमा नेपाल इन्फ्रा एण्ड कम्युनिकेसनको लाइसेन्स २०७८ असोज २४ गतेदेखि खारेजीमा परेको हो।

आधारभूत दूरसञ्चार सेवाको रुपमा रहेको स्मार्ट टेलिकमको लाइसेन्स २०८० बैशाख १ गते खारेजीमा परेको हो।

लाइसेन्स खारेजमा पर्ने इन्टरनेट (इमेलसहित) सेवा प्रदायकमा केसीएन नेट, मनकामना नेटवर्क कम्युनिकेसन, महाकाली डिजिटल नेटवर्क, सुर्खेट केबल नेट, प्रभु डिजिटल, एलएनटी इन्फोटेक र कर्णाली नेटवर्क सर्भिस रहेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...