फ्रिक्वेन्सी बापत गत आवमा साढे ३ अर्ब राजस्व संकलन

  • Technology Khabar | २१ फाल्गुन २०८०, सोमबार
फ्रिक्वेन्सी बापत गत आवमा साढे ३ अर्ब राजस्व संकलन
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल फ्रिक्वेन्सी प्रयोग गरेबापत सेवा प्रदायकबाट आउने राजस्व रकम थोरैले घटेको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा फ्रिक्वेन्सी प्रयोग गरेबापत सेवा प्रदायकबाट आउने राजस्व रकम घटेको देखिएको हो।

गत आर्थिक वर्ष दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेबापत विभिन्न सेवा प्रदायकहरुबाट ३ अर्ब ५० करोड २६ लाख ७५ हजार ७८० रुपैयाँ राजस्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले फ्रिक्वेन्सी प्रयोग गरेबापत सेवा प्रदायकहरुबाट ३ अर्ब ५२ करोड ३३ लाख ८० हजार २६५ रुपैयाँ राजस्व संकलन गरेको थियो।

अघिल्लो आवको तु्लनामा गत आवमा फ्रिक्वेन्सी प्रयोग गरेबापत संकलन हुने राजस्व २ करोड ७ लाख ७४ हजार ४८५ रुपैयाँ अर्थात ०.५९ प्रतिशतले घटेको छ।

१२ सेवा प्रदायकले फ्रिक्वेन्सी प्रयोग गरेबापत प्राधिकरणलाई दस्तुर बुझाउँदै आएका छन्।

सबैभन्दा धेरै फ्रिक्वेन्सी दस्तुर मोबाइल सेवा प्रदायक एनसेलले बुझाएको प्राधिकरणले जानकारी दिएको छ।

एनसेलले फ्रिक्वेन्सी प्रयोग गरेबापत एक अर्ब ८८ करोड ९ लाख २ हजार ५०० रुपैयाँ बुझाएको छ।

नेपाल दूरसञ्चार कम्पनीले फ्रिक्वेन्सी प्रयोग गरेबापत एक अर्ब ६२ करोड १४ लाख ९९ हजार ९८० रुपैयाँ बुझाएको छ।

मर्कन्टाइल कम्युनिकेसन्सले फ्रिक्वेन्सी प्रयोग गरेबापत ६ हजार रुपैयाँ बुझाएको छ।

सिता बीभी, बुटबल पवार कम्पनी, ईको स्मार्ट र भोटेकोशी पावर कम्पनीले फ्रिक्वेन्सी प्रयोग गरेबापत एक/एक हजार रुपैयाँ बुझाएका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंकले फ्रिक्वेन्सी प्रयोग गरेबापत २३ हजार रुपैयाँ बुझाएको छ।

आई५ टेक्नोलोजीले फ्रिक्वेन्सी प्रयोग गरेबापत ६४ हजार रुपैयाँ बुझाएको छ।

कन्स्टेलेसनले फ्रिक्वेन्सी प्रयोग गरेबापत एक लाख २० हजार रुपैयाँ बुझाएको छ।

एसएसभीसी रेडियो काठमाडौंले फ्रिक्वेन्सी प्रयोग गरेबापत एक हजार ३०० रुपैयाँ बुझाएको छ।

एभरेष्ट लिंकले फ्रिक्वेन्सी प्रयोग गरेबापत ५५ हजार रुपैयाँ बुझाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...