Technology Khabar २१ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
नेपालमा दूरसञ्चार सेवामा प्रयोग हुने इन्टरनेट ब्याडविथ र उपकरण लगायत खरिद मार्फत बाहिर विदेशी मुद्रा बढेको देखिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा ब्याडविथ र उपकरण लगायत खरिदका लागि ४ अर्ब ७३ करोड १४ लाख ५० हजार ९०४ रुपैयाँ विदेशी मुद्रा सिफारिस गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब ९२ करोड ९९ लाख एक हजार ७७५ रुपैयाँ विदेशी मुद्रा सिफारिस गरिएको थियो।
अघिल्लो अवाको तुलनामा गत आवमा विदेशी मुद्राको सिफारिस ८० करोड १५ लाख ४९ हजार १२९ रुपैयाँ अर्थात २०.३८ प्रतिशतले बढेको छ।
गत आवमा नेपाल दूरसञ्चार प्राधिकरणले १० सेवा प्रदायकलाई विदेशी मुद्रा सिफारिस गरेको देखिन्छ।
सबैभन्दा धेरै विदेशी मुद्रा सिफारिस वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले प्राप्त गरेको छ। वर्ल्डलिंकले एक अर्ब ८९ करोड ७० लाख २७ हजार ५०० रुपैयाँ अर्थात कुल विदेशी मुद्रा सिफारिसको ४०.०९ प्रतिशत रहेको छ।
भायानेट कम्युनिकेसनले ६५ करोड ८७ लाख ५५ हजार ४९ रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
एनसेलले ५७ करोड ७३ लाख ६० हजार ७२६ रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
सुबिसु केबल नेट प्रालिले ५० करोड ५१ लाख ३३ हजार ९१८रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
नेपाल डिजिटल आईसर्भिस प्रालिले ३९ करोड ४ लाख ९९ हजार २०० रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ३३ करोड ११ लाख ६७ हजार ३४८ रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
क्लासिक टेक प्रालिले २७ करोड ६९ लाख ११ हजार ७६० रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
डिश मिडिया नेटवर्क लिमिटेडले ६ करोड ८७ करोड ७० लाख ८७१ रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
कन्सटेलेसन प्रालिले १ करोड ५३ लाख २८ हजार ५३२ रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
मर्कनटाइल कम्युनिकेसन प्रालिले १ करोड ४ लाख ९६ हजार रुपैयाँ वैदेशिक मुद्रा सिफिरिस प्राप्त गरेको छ।
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार