एआईको सहयोगमा रोबोटहरूले गरे ज्वाइन्ट रिप्लेसमेन्टको शल्यक्रिया

Technology Khabar २१ फाल्गुन २०८०, सोमबार

एआईको सहयोगमा रोबोटहरूले गरे ज्वाइन्ट रिप्लेसमेन्टको शल्यक्रिया
सांकेतिक तस्बिर।

काठमाडौं ।

छिमेकी देश भारतको नोएडा स्थित ‘फोर्टिस अस्पताल’ मा रोबोटले शल्यक्रिया गर्दै आएको बताईएको छ। सफ्टवेयर र एआईको सहयोगमा रोबोटले शल्यक्रिया धेरै राम्रो तरिकाले गरिरहेको बताईएको छ।

भारतीय मिडियाहरुकाअनुसार अहिलेसम्म सयौं शल्यक्रिया यसमार्फत भइसकेका छन्। जोइन्ट रिप्लेसमेन्ट सर्जरीलाई चिकित्सा जगतको सबैभन्दा कठिन शल्यक्रिया मानिन्छ। जसमा सानो गल्तीले पनि ठूलो नोक्सान हुन सक्छ। यस्तो शल्यक्रिया गर्न धेरै समय लाग्ने समाचारमा उल्लेख छ।

समाचार अनुसार यो उत्तर भारतको सबैभन्दा एडभान्स रोबोट हो। जसले कम समयमा अपरेशनका साथै छिटो रिकभरी बनाउँछ। यसमा रोबोटले अपरेशन गर्छ। यो एकदम राम्रो छ र यसले न्यून चिरफार गर्ने बताईएको छ। चिकित्सकहरुका अनुसार नयाँ एआई र सफ्टवेयरका कारण शल्यक्रिया निकै सहज भएको हो।

यो रोबोटको हात छ जसको माध्यमबाट सर्जनले शल्यक्रिया गर्छन्। रोबोटिक अपरेशन थिएटर अन्य सामान्य अपरेशन थिएटर जस्तै देखिन्छ। तर ‘मेको ज्वाइन्ट रिप्लेसमेन्ट रोबोट’ मा तीनओटा मेसिन रहेका छन्। जसमा सबैभन्दा पहिले कन्सोल हुन्छ र दोस्रोमा बिरामीको रोगको इतिहास र सीटी स्क्यान लिन्छ। त्यसपछि यसले खिचेका तस्विरहरु फिड गरिन्छ। र फिड गरेसँगै उसले यसलाई निगरानी गर्दछ र यसको धेरै फोटोहरू क्लिक गर्दछ। जब घुँडा प्रतिस्थापन गरिन्छ त्यसबेला फेरी तस्विर खिच्दछ।

तेस्रो मेसिनका साथमा प्राविधिकहरूका साथै शल्यचिकित्सकहरू हुन्छन् जसले मेसिनमार्फत अपरेशनहरू गर्छन्। रोबोटको आगमन पछि, अपरेशन गर्न धेरै सजिलो भएको रिपोर्टमा उल्लेख छ।

तथ्यांकअनुसार रोबोटले ६ महिनामा २ सय ओटा शल्यक्रिया गरेको छ। केही शल्यक्रिया पहिले गरिने जस्तै म्यानुअलरुपमा पनि भइसकेका छन्। तर यो राहतको कुरा हो कि रोबोट शल्यक्रिया राम्रो भएको छ।

प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया