बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण

Technology Khabar १६ फाल्गुन २०८०, बुधबार

बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण
सांकेतिक तस्विर

काठमाडौं ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण गरिएको छ।

बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन र उनीहरूलाई पढाइमा केन्द्रित गर्ने उद्देश्य राखेर वडा कार्यालयले मङ्गलबार टिभी वितरण गरेको हो।

वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई लक्षित गरी टेलिभिजन वितरण गरिएको हो। वडा कार्यालयको योजनाअन्तर्गत बाल विकास केन्द्र सञ्चालित वडाभित्रका छ वटा विद्यालयलाई ३२ इन्च साइजको एक–एक वटा टेलिभिजन वितरण गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए।

उनका अनुसार बाल विकास केन्द्र कक्षा सञ्चालनमा रहेको जनकल्याण माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय र पाटी आधारभूत विद्यालयलाई टेलिभिजन वितरण गरिएको छ।

यस्तै, मदनभण्डारी आधारभूत विद्यालय, सिंह आधारभूत विद्यालय र साक्फारा आधारभूत विद्यालयलाई टेलिभिजन वितरण गरिएको हो । सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई टेलिभिजन हस्तान्तरण गरिएको उनले बताए।

टेलिभिजनसँगै बालबालिकाको कक्षामा प्रस्तुति वा प्रदर्शन हुने सिकाइ सम्बन्धी श्रव्यदृश्य सामग्री राखिएको पेन्ड्राइभ समेत उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया