मिस्ट्रल एआईमा माइक्रोसफ्टको १६ मिलियन डलर लगानी

  • Technology Khabar | १६ फाल्गुन २०८०, बुधबार
मिस्ट्रल एआईमा माइक्रोसफ्टको १६ मिलियन डलर लगानी

काठमाडौं ।

पेरिस स्थित स्टार्टअप मिस्ट्रल एआई सोमबार फाउन्डेसन मोडलमा काम गरिरहेको घोषणा गरेको छ। नयाँ ठूलो भाषा मोडल ओपनएआईको च्याटजीपीटी–४ च्याट असिस्टसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको थियो।
तर यसबीच मिस्ट्रल एआई र माइक्रोसफ्टबीच च्याट असिस्ट र वितरण साझेदारी भएको टेकक्रन्चले उल्लेख गरेको छ।

यस साझेदारी अनुरुप माइक्रोसफ्टले फ्रेन्च स्टार्टअपमा १६.३ मिलियन अमेरिकी डलर लगानी गर्नेछ। माइक्रोसफ्टले यो लगानी मिस्ट्रलको अर्को फन्डिङ राउन्डमा इक्विटीमा परिणत हुने जनाएको छ।

माइक्रोसफ्टको लगानी पछि मिस्ट्रल एआईको मूल्यांकन परिवर्तन नभएको बताइएको छ। एआई स्टार्टअपमा माइक्रोसफ्टको प्रतिशत हिस्सा पनि अर्को फन्डिङ राउन्डको मूल्यांकनमा निर्भर हुनेछ।

डिसेम्बर २०२३ मा आफ्नो पछिल्लो फन्डिङ राउन्ड पछि मिस्ट्रल एआईको मूल्यांकन करिब २ बिलियन अमेरिकी डलरमा पुगेको थियो। तत्कालिन समयमा कम्पनीको फन्डिङ राउन्डको नेतृत्व गर्दै एन्ड्रिसेन होरोविट्ज (ए१६जेड) बाट ४१५ मिलियन अमेरिकी डलर उठाएको थियो। कम्पनीले यसअघि स्थापना भएको केही हप्तापछि मात्रै ११२ मिलियन अमेरिकी डलर सिड राउन्ड उठाएको थियो।

यदि मिस्ट्रल एआईले कम्तिमा यसको अर्को फन्डिङ राउन्डमा आफ्नो मूल्यांकन कायम राख्न सक्छ भने, यसको मतलब माइक्रोसफ्टले फ्रान्सेली एआई कम्पनीमा १ प्रतिशतभन्दा कम इक्विटीको स्वामित्व पाउनेछ।

सोमबार मिस्ट्रल एआईले आफ्नो प्रमुख ठूलो भाषा मोडल मिस्ट्रल लार्ज लन्च गरेको छ। जसलाई जीपीटी–४ र क्लाउड २ लगायत शीर्ष स्तरिय मोडलसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको थियो।

अघिल्लो मिस्ट्रल एआई रिलिजको विपरीत मिस्ट्रल लार्ज ओपन स्रोर्स हैन। डेभलपर्स मिस्ट्रलको आफ्नो एपीआई प्लेटफर्मका माध्यम मार्फत मोडलमा पहुँच गर्न सक्छन्।

साथै मिस्ट्रल एआई र माइक्रोसफ्टले एज्योरका लागि एक वितरण साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका छन्। परिणामस्वरुप मिस्ट्रल एआई यस नयाँ वितरण च्यानका साथ अधिक ग्राहकलाई आकर्षित गर्नेछ।

यस्तै एज्योरका ग्राहकले एज्योर मोडल क्याटलग मार्फत मिस्ट्रल मोडलहरुमा पहुँच गर्न सक्छन्। माइक्रोसफ्टको इकोसिस्टममा रहन चाहने ग्राहकहरुसँग ओपनआई मोडल बाहेक अर्को विकल्प पनि हुनेछ। मेटाको एललामा मोडल पनि एज्योरमा उपलब्ध छन्।

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार