फुटबल स्टार मेस्सीको इन्टाग्राम फलोअर्स संख्या ५० करोड पुग्यो

  • Technology Khabar | १५ फाल्गुन २०८०, मंगलवार
फुटबल स्टार मेस्सीको इन्टाग्राम फलोअर्स संख्या ५० करोड पुग्यो

काठमाडौं ।

फुटबल स्टार लियोनल मेस्सीले अर्को कोसेढुङ्गा हासिल गरेका छन्। यस पटक उनले फुटबल मैदानमा नभई सामाजिक सञ्जालमा कोसेढुङ्गा हासिल गरेका हुन्।

२०२२ को विश्वकप विजेता कप्तान तथा आठ पटक बालोन डी’ओर विजेता मेस्सीको यस हप्ता इन्स्टाग्राममा ५० करोड (५०० मिलियन) फलोअर्स पुगेको हो।

मेस्सी पहिलै नै सामाजिक सञ्जाल प्लेटफर्ममा तेस्रो सर्वाधिक फलो गरिएको अकाउन्ट थियो। उनीभन्दा अघि इन्स्टाग्राम र अर्का फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोभन्दा पछि छन्।

इन्टाग्रामक अकाउन्ट ६६९ मिलियन फलोअर्स सहित शीर्ष स्थानमा छ। क्रिस्टियानो रोनाल्डो ६२२ मिलियन फलोअर्स सहित दोस्रो स्थानमा रहेका छन्।

इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति नभए पनि मेस्सीको पोस्ट सबैभन्दा धेरै लाइक गरिएको छ। अर्जेन्टिनालाई कतारमा उपाधि दिलाएपछि मेस्सीको विश्वकपको उत्सव मनाएको पोस्ट ७५.५ मिलियन लाइक सहित शीर्ष स्थान छ।

प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • १५ फाल्गुन २०८०, मंगलवार