Technology Khabar १५ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
एक्सेसरिज ब्राण्ड एमसीडोडोका उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने भएको छ। एडुटेक इन्टरनेशनल प्रा.लि.ले आईफोन प्रयोगकर्ताहरुका लागि लक्षित गर्दै उक्त ब्राण्डलाई नेपालमा भित्र्याएको हो।
एमसीडोडोको नेपालका लागि अधिकृत विक्रेता एडुटेक इन्टरनेशनलले हाल नेपाली बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टीडब्लुएस इयरबडहरु, वायरलेस पावरबैंक, यूएसबी केवल, म्यागनेटिक फोन केस लगायतका उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ।
उक्त एक्सेसरिजहरु एमपीआई (मेड फर आइफोन) सर्टिफाइड छन्। र, नेपाली बजारमा एमसीडोडोका रु ५०० मुल्य देखि १२,००० हजार मुल्यसम्मका एकसेसरिजहरु रहेका छन्।
बढ्दो आईफोनप्रतिको लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्ताहरुलाई सहजिकरण गर्न एडुटेकले एमसीडोडोको विभिन्न एक्सेसरिजहरु –आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केवल, इयरबडहरु ल्याएको जानकारी दिएको छ।
एमसीडोडोका उत्पादनहरु उच्च गुणस्तरिय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज अवधारणामा निर्माण गरिएका छन्। यसका उत्पादनहरु यूरोप, अमेरिका, दक्षिण एशिया लगायतका १०० भन्दा बढि देशहरुमा उपलब्ध रहेको जनाएको छ।
प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार