प्रतिपक्षी दलका सांसदद्वारा टेरामोस काण्डमा अख्तियारले बयान लिएको स्वास्थ्यमन्त्रीको राजीनामा माग

  • Technology Khabar | १३ फाल्गुन २०८०, आईतवार
प्रतिपक्षी दलका सांसदद्वारा टेरामोस काण्डमा अख्तियारले बयान लिएको स्वास्थ्यमन्त्रीको राजीनामा माग
प्रतिनिधिसभाको बैठक। फाइल तस्बीर : प्रदीपराज वन्त/रासस

काठमाडौं ।

नेकपा एमालेका सांसदहरुले संसदमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बयान लिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसद पदम गिरीले टेरामोस (वा टेरामोक्स समेत भनिने) काण्डमा अख्तियारले बयान लिएका मन्त्री बस्नेतको राजीनामा माग गरेका हुन्।

उनले प्रधानमन्त्रीले यस बारेमा स्पष्टिकरण दिनुपर्नेमा भागेर हिँडिरहेको भन्दै तत्काल राजीनामा गराउन माग गरे।

यसका साथै उनले यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किराँतीको समेत राजीनामा मागेका थिए।

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Iran-linked group claims hack of FBI drones

  • Technology Khabar
  • १३ फाल्गुन २०८०, आईतवार