स्मार्टवाचको आयात घट्दो, सात महिनामा २० करोडको आयात

  • Technology Khabar | १० फाल्गुन २०८०, बिहीबार
स्मार्टवाचको आयात घट्दो, सात महिनामा २० करोडको आयात

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घट्दो क्रममा रहेको देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार २० करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ।

माघ मसान्तसम्म उक्त रकम बराबरको १ लाख ६३ हजार ८७३ यूनिट स्मार्टवाच आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म २८ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ३१३ स्मार्टवाच आयात भएको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात ८ करोड ९१ लाख ३५ हजार रुपैयाँ अर्थात ३०.७३ प्रतिशतले घटेको छ।

यस्तै स्मार्टवाचको आयात ३० हजार ४४० यूनिटले घटेको छ।

चालु आवमा स्मार्टवाचको आयातबाट सरकारले ६ करोड १८ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा २५ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा बढी स्मार्टवाच चीनबाट आयात हुने गरेको छ। चीनबाट चालु आवको पहिलो सात महिनामा १७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार ३६२ यूनिट स्मार्टवाच आयात भएको छ।

भारतबाट १ करोड ३५ लाख १३ हजार रुपैयाँ बराबरको ७ हजार ७९१ यूनिट स्मार्टवाच आयात भएको छ।

बाँकी २३ मुलुकबाट १ करोड २३ लाख ११ हजार रुपैयाँको स्मार्टवाच स्मार्टवाच आयात भएको छ।

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार