सिपालय इन्फो टेकले सफ्टवेयर डेभलपमेन्ट र आईटी कोर्षमा इन्टर्नसिप ग्यारेण्टीसहितको तालिम दिँदै

Technology Khabar ८ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

सिपालय इन्फो टेकले सफ्टवयर डेभलपमेन्ट, इन्टर्नसिप ग्यारेण्टी आईटी कोर्स ट्रेनिङ, वेबसाइट डिजाइनलगायतका कामहरु गरिरहेको छ।

कम्पनीका संचालक ईन्जिनियर हिमाल रावलले विगत दुई बर्षदेखि कम्पनीले आईटी कोर्स ट्रेनिङ, वेबसाइट डेभलपमेन्ट, ग्राफिक डिजाइन, एप डेभलपमेन्ट र डेटासम्बन्धी काम गर्दै आएको जानकारी दिएका छन्।

कम्पनीले हरेक आईटी कोर्षमा ६० प्रतिशत छुटमा भरपर्दो र सुलभ रुपमा ट्रेनिङ दिइरहेको उनले बताए। ट्रेनिङमा उत्कृष्ट विद्यार्थीलाई आफ्नै र सहकार्य गरिरहेका कम्पनीमा रोजगार प्रदान गर्ने गरेको रावल बताउँछन्।

कम्पनीले विगत दुई बर्षदेखि दुई हजारभन्दा धेरै विद्यार्थीलाई अनलाइन, अफलाइन र विभिन्न कलेज तथा स्कूलमा ट्रेनिङ तथा वर्कसपका काम गरिरहेको छ।

कम्पनीले इन्टरनेट सेवा प्रदायकको सिस्टम, स्कूल म्यानेजमेन्ट सिस्टम, होटल बुकिङ सिस्टम, ई–लर्निङ प्लेटफर्ममा काम गर्दै र गराउँदै आइरहेको छ।

कम्पनीले पाइथन, डाटा साइन्स, नोर्ड जेएस, डटनेट, जाभा, जाभा स्क्रिटको प्रोग्रामिङ तालिम दिइरहेको छ भने वर्डप्रेसमा वेबसाइट डिजाइन र तालिम संचाल गर्दै आइरहेको छ र डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनसम्बन्धी तामिल पनि संचालन भइरहेको इन्जिनियर रावलले बताए।

कम्पनीमा फुलटाइम र पार्टटाइम गरी २० जना दक्ष आईटी इन्जिनियर र डेभलपर्सले तालिम र डेलभपमेन्टका कार्य गर्दै आइरहेका जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया