माईपे वालेटबाट गायिका मेनुका पौडेलको पहिलो लाइभ कन्सर्टको टिकट लिन सकिने

  • Technology Khabar | ५ फाल्गुन २०८०, शनिबार
माईपे वालेटबाट गायिका मेनुका पौडेलको पहिलो लाइभ कन्सर्टको टिकट लिन सकिने

काठमाडौं ।

मेनुका पौडेलको आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इमेन्ट्सले जनाएको छ।

तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको संगितिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिने जानकारी दिईएको छ।

मेनुकाले १८ वर्षको उमेरमा नेपाल आईडलको पहिलो सिजनमा भाग लिईन्। त्यसपछि उनले भारतिय टीभी चयानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप १० मा पर्न सफल भएकि थिइन।

मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ।

फागुन १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ। हाल साधारण टिकटको दर रु.१००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार