आईफोन १६ क्यामरा बम्प डिजाइनमा फेरि परिवर्तन हुने अनुमान

  • Technology Khabar | २७ माघ २०८०, शनिबार
आईफोन १६ क्यामरा बम्प डिजाइनमा फेरि परिवर्तन हुने अनुमान

काठमाडौं ।

एप्पलले आफ्नो इन्ट्री–लेभल आईफोन १६ को डिजाइन परिवर्तन गर्ने चर्चा चलेको छ। जसमा अब रियर (पछाडि) क्यामराहरू डायग्नल एर्रेबाट भर्टिकल (ठाडो) मा जाने भएको छ, जसलाई पछिल्लो पटक सन् २०२० को आईफोन १२ मा देखेका थियौं।

रेन्डरहरूको नयाँ सेट र डिजाइन योजनाहरु अनलाइनमा देखा परेको र त्यसले साइडमा एलईडी फ्ल्यासको साथ पछाडि दुई ओटा सेन्सरहरू रहेको पिल–सेप्ड (आकार) को क्यामरा आइल्याण्डको विवरणहरू प्रस्तुत गरेको छ।

एउटा अर्को छुट्टै रेन्डरिङमार्फत एप्पल हबले आईफोन १६ प्रो को तुलनाको साथसाथै थप कलर अप्सन्स (रङ विकल्पहरू) प्रस्तुत गरेको छ, जुन आईफोन १५ प्रोको जस्तै आधारभूत डिजाइनमा प्रदान गरिने अपेक्षा गरिएको छ।

अफवाहको आधारमा, आईफोन १६ को क्यामरा लोकेसन (स्थान) पुनः डिजाइन गरिनु पछाडिको सम्पूर्ण तर्क भनेको डिभाइसले स्थानिय भिडियो रेकर्ड गर्न र त्यसपछि एप्पल भिजन प्रो मा प्ले गर्न सकोस् भन्ने चाहना रहेको थप उल्लेख गरिएको छ।

त्यसैगरी अहिलेसम्मको लीकको आधारमा आईफोन १६ र १६ प्लसले ६० हर्ज रिफ्रेस दर कायम राख्ने अपेक्षा छ। साथै आईफोन १६ र १६ प्लसमा ८ जीबी र्याम र वाईफाई ६ई कनेक्टिभिटीको साथमा एक्शन बटन र एप्पल ए१८ चिपसेट राखिने अफवाह रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २७ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार