Technology Khabar २४ माघ २०८०, बुधबार
काठमाडौं ।
नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा १९ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १९ अर्ब ९ करोड ८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात ३९ करोड ६८ लाख रुपैयाँ आर्थत २.५ प्रतिशतले बढेको छ।
नेपालमा सबैभन्दा बढी टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आउने राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। पुससम्म चीनबाट १४ अर्ब २१ करोड ६ लाख रुपैयाँ टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ। गत आवको सोही अवधिमा चीनबाट १४ अर्ब ५ करोड ९२ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। गत आवको सोही अवधिको तुलनामा चीनबाट टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात १५ करोड १४ लाख रुपैयाँ आर्थत १.१ प्रतिशतले बढेको छ।
चालु आवको पुस मसान्तसम्म भारतबार ४ अर्ब ५१ करोड ७० लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ। गत वर्षको सोही अवधिमा भातरबाट ४ अर्ब ४८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो।
यस अवधिमा अन्य मुलुकबाट ७६ करोड रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।
प्रकाशित: २४ माघ २०८०, बुधबार