सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सफलतापुर्वक सम्पन्न

  • Technology Khabar | २२ माघ २०८०, सोमबार
सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सफलतापुर्वक सम्पन्न

काठमाडौं ।

सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ चितवनको सौराहामा सफलतापुर्वक सम्पन्न भएको छ। उक्त कार्यशाला यहि माघ १४ देखि १८ गतेसम्म आयोजना भएको थियो।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गरेको पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिएका थिए।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन गरिएको थियो।

कार्यशालामा ७ जना महिला र ३१ जना पुरुषले विभिन्न संघ संस्थाबाट सहभागिता जनाएका थिए भने एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ जना छनोट भई तालिममा सहभागी जनाएका थिए।

देशभित्र इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न यो कार्यशाला फलदायी हुने विश्वास आयोजकले लिएको छ।

प्रकाशित: २२ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...