Technology Khabar २२ माघ २०८०, सोमबार
काठमाडौं ।
हिन्दु्जा ग्रुपको प्रमुख कम्पनी अशोक लेल्यान्डले भारत मोबिलिटी ग्लोबल एक्स्पोमा आफ्नो पहिलो इलेक्ट्रिक ट्रक डेलिभर गरेको छ। कम्पनी १४ टन बोश इलेक्ट्रिक ट्रकका साथ इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गरेको छ।
दिल्लीको भारत मन्डपमा फेब्रअुरी १ देखि ३ सम्म भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४ आयोजना गरिएको थियो। यस कार्यक्रममा प्रमुख अटो मोबाइल कम्पनीले आफ्नो भविष्यका उत्पादनहरु प्रदर्शन गरेका थिए। एक्स्पोमा अशोक लेल्यान्डले ९एम हाइड्रोजन फ्यूल सेल बस, एभीटीआर एलएनजी ६वाई ४ ट्याक्टर, ५५ टन ईभी ट्याक्टर, स्वीच एलईभी४ इलेक्ट्रिक एलसीभी र १४ टन बोश इलेक्ट्रिक ट्रक शोकेस गरेको छ।
अशोक लेल्यान्डका अनुसार यो सवारी अत्याधुनिक प्रविधिका साथ व्यावसायिक सवारी क्षेत्रमा एक क्रान्तिकारी हुनेछ। अशोक लेल्यान्डका एमडी शानू अग्रवालले आफ्नो ग्राहकलाई पहिलो पूर्ण इलेक्ट्रिक सवारी पेस गर्नु गर्भ भएको बताए। गत वर्षको अटो एक्स्पोमा अशोक लेल्यान्डले १४ टन बोश इलेक्ट्रिक ट्रक प्रदर्शन गरेको थियो।
प्रकाशित: २२ माघ २०८०, सोमबार