औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा उपलब्ध गराउने

  • Technology Khabar | १९ माघ २०८०, शुक्रबार
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा उपलब्ध गराउने

काठमाडौं ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा उपलब्ध गराउने भएको छ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम प्रतिष्ठानले स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूसँग परियोजनाका लागि प्रस्ताव माग गरेको छ।

प्रतिष्ठानले सार्वजनिक सूचना प्रकाशित गर्दै एक्काइस दिन भित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्न अनुरोध गरेको छ।

सरकारले स्टार्टअपहरुका लागि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार अधिकतम २५ लाख रुपैयाँसम्म अनुदान सहयोग गर्ने जनाएको छ।

सोही आधारमा प्रतिष्ठानले स्टार्टअपहरुलाई कर्जा दिने भएको हो।

प्रकाशित: १९ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...