भिजा एक्सेलेरेटर कार्यक्रम २०२४ का लागि नेपालमा फिनटेकहरूलाई आवेदन खुला

  • Technology Khabar | १५ माघ २०८०, सोमबार
भिजा एक्सेलेरेटर कार्यक्रम २०२४ का लागि नेपालमा फिनटेकहरूलाई आवेदन खुला

काठमाडौं ।

डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी, भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणको घोषणाका साथै आवेदनहरू खुला गरेको छ।

यस पहलको उद्देश्य भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोका खोल्न गर्न सक्षम बनाउनु हो। २०२४ संस्करणले नयाँ अवसर क्षेत्रहरू – कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी मुद्रा आवगमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित छ।

भोलिका दिनमा भुक्तानी र व्यवसायिक चुनौतीहरू समाधान गर्न विकास-चरणमा रहेका स्टार्टअपहरूबाट यस कार्यक्रमका लागि आवेदन आव्हान गरिएको उल्लेख छ।

कार्यक्रमको शुभारम्भमा बोल्दै भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुले भने, “हामी देशका आगामी र आउने पेमेन्ट इनोभेटरहरूलाई भिजा एक्सेलेटर कार्यक्रममा आमन्त्रित गर्न पाउँदा र भिजा मार्फत उनीहरूको चुनौतीहरू समाधानलाई सशक्त बनाउन पाउँदा खुसी छौं। कार्यक्रमले स्टार्टअपहरूलाई हाम्रा विषयवस्तुका विज्ञहरूसँग काम गर्ने अनौठो अवसर प्रदान गर्दछ र तिनीहरूको समाधानहरू वास्तविक रूपमा परीक्षण गर्न, विकास गर्नको लागि अवसर प्रदान गर्दछ। हामी भुक्तानी सकारात्मक अनुभवहरू मार्फत निर्बाध रूपमा सुरक्षित पैसा आवागमन सक्षम गरेर विश्वव्यापी भुक्तानीको लागि गतिको अर्को लहर चलाउने लक्ष्य राख्दछौं।”

विस्तार चरणमा रहेका स्टार्टअप कम्पनीहरूका लागि विषेश रूपमा तयार गरिएको यस कार्यक्रमले सम्भावित सहयोग र द्रुत वृद्धिको साथ अवधारणाको प्रमाण, उत्पादन समाधानहरू, र द्रुत ट्रयाक गरिएको व्यावसायीकरणमा जोड दिइनेछ। एशिया–प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअपहरूको समूहले, कार्यक्रम मार्फत, भुक्तानी इकोसिस्टमको विकसित चुनौतीहरूलाई सम्बोधन गर्नेछ।

तिनीहरूले नयाँ समाधानहरूको सह–विकास, परीक्षण र पुनरावृत्ति पनि गर्नेछन् र भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको व्यापक सञ्जाललाई मूर्त गो–टु–मार्केटको अवसरहरू पाउनेछन्।

कार्यक्रमको यस संस्करणको लागि आवेदनहरू जनवरी ८ मा खोलिएको थियो, र मार्च ८, २०२४ मा बन्द हुनेछ। छानिएका स्टार्टअपहरू मे महिनादेखि नोभेम्बर २०२४ सम्म संचालन हुने कार्यक्रम सहभागी हुन पाउने बताईएको छ।

प्रकाशित: १५ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...