काठमाडौं ।
फोर्डको एफ-१५० लाइटनिङ इलेक्ट्रिक पिकअप २०२४ को लागि पूर्ण साढे ७ हजार अमेरिकी डलर कर क्रेडिट कायम राख्ने केही मोडेलहरू मध्ये एक थियो, तर उक्त लाभको ठूलो हिस्सा कटौती गर्न लागिएको छ। छ।
दभर्जले हेरेको डेटोइड फ्रि पेसको रिपोर्ट अनुसार एफ–१५० लाइटनिङ २०२४ मोडलको मूल्य ४९ हजार ९९५ अमेरिकी डलरबाट बढेर ५४ हजार ९९५ अमेरिकी डलर (डेलिभरी शुल्क र प्रोत्साहन शुल्क बाहेक) भएको छ। अर्को मोडल एक्सएलटी १० हजारले बढेर ६४ हजार ९९५ अमेरिकी डलर पुगेको छ। २०२३ मोडलको मूल्य अघिल्लै रहने छ।
तथापि एफ–१५० लाइटनिङ प्रिमियम भर्सनको मूल्य भने घटाइएको छ। प्यलेटिनम मोडल ३०० माइल ईपीए अनुमानित रेञ्ज ९१ हजार ९९५ बाट घटेर ८४ हजार ९९५ अमेरिकी डलर हुँदैछ भने प्लेटिनम ब्ल्याक ५ हजारले घटेर ९२ हजार ९९५ अमेरिकी डलर हुँदैछ।
प्रकाशित: २२ पुष २०८०, आईतवार