अपडेटेड चेतक इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक, रेञ्ज १२७ किलोमिटर

  • Technology Khabar | २१ पुष २०८०, शनिबार
अपडेटेड चेतक इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक, रेञ्ज १२७ किलोमिटर

काठमाडौं ।

बजाज अटोले भारतीय बजारमा अपडेटेड चेतक इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। अपडेटेड चेतक ईभी दुई भेरियन्टस अर्बन र प्रिमियममा पेश गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

अर्बन भेरियन्टको मूल्य १ लाख १५ हजार भारु र प्रिमियमको मूल्य १ लाख ३५ हजार भारु (एक्स शोरुम) तोकिएको छ। हालसम्म कम्पनीले भारतभर एक लाख यूनिट भन्दा बढी चेतक इलेक्ट्रिक बिक्री गरिसकेको छ।

नयाँ इनोभेसनले अधिक उपभोक्ताको पहुँचमा पुग्न मद्दत गर्ने बजाजको विश्वास छ। यसका विभिन्न फिचरका साथ टेकप्याक पनि समावेश छ। चेतक प्रिमियममा केही कस्मेटिक परिवर्तन गरिएको छ। यसमा टर्न–बाय–टर्न नेभिगेशन, म्यूजिक कन्ट्रोल, कल अलर्ट र डिस्प्ले थिप लगायत फिचर्स दिइएको छ।

यसका साथ टेक प्याकमा इलेक्ट्रिक स्कुटर हिल होल्ड, रिभर्स मोड, स्पोर्ट्स मोड र स्ट्यान्डर्ड मोडलको ६३ किलोमिटर प्रति घण्टाको तुलनामा ७३ किलोमिटर प्रति घण्टा टप स्पीड प्रदान गर्छ।

बजाज चेतक प्रिमियम भेरियन्टमा नयाँ ५ इन्चको टीएफटी स्क्रीन दिइएको छ। यसका साथै सेल्फ क्यासलिङ ब्लिङकर, दायाँ र बाँया कन्ट्रोल स्वीच, इलेक्ट्रिक ह्यान्डल लक र सीट खोल्न स्वीच पनि दिइएको छ।

चेतकलाई अधिक व्यावहारिक बनाउनका लागि यसको बूट स्पेस पनि बढाइएको छ। चेतक प्रिमियममा ३.२ किलोवाट आवरको ब्याट्री छ। जसले फूल चार्जमा १२७ किलोमिटरको रेञ्ज प्रदान गर्नुका साथै टप स्पीड ७३ किलोमिटर प्रति घण्टा छ।

८०० वाटको चार्जरको मद्दतबाट स्कुटर साढे ३ घण्टामा फूल चार्ज हुन्छ। अर्बन भेरियन्टले ११३ किलोमिटरको रेञ्ज प्रदान गर्छ। यो ६५० वाटको चार्जरबाट ४ घण्टा ५० मिनेटमा फूल चार्ज हुन्छ।

२०२४ बजाज प्रिमियम भेरियन्ट तीन रंग विकल्प इन्डिगो ब्लू, ब्रुकलिन ब्ल्याक र हेजलनटमा उपलब्ध छ।

अर्बन ट्रिम चार रंग विकल्प कोर्स ग्रे, साइबर ह्वाइट, ब्रुकलिन ब्ल्याक र इन्डिगो मेटालिक ब्लूमा उपलब्ध छ।

प्रकाशित: २१ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...