
काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माता शाओमीले गत बिहीबार आफ्नो पहिलो विद्युतीय गाडी ‘शाओमी एसयू ७(Xiaomi SU7) इलेक्ट्रिक सेडान’ सार्वजनिक गरेको छ। यो गाडी अब चीनका स्टोरहरूमा उपलब्ध छ।
शाओमीको यो इलेक्ट्रिक कारले इलन मस्कको टेस्लासँग प्रतिस्पर्धा गर्ने अटो उद्योगमा दाबी गरिएको छ। शाओमी एसयू ७ को ८०० किलोमिटरको दायरा सुनिश्चित गरिएको छ। कम्पनीले यो ईभीमा ४९५ किलोवाटको विद्युतीय मोटर जडान गरेको छ । मिडिया रिपोर्टका अनुसार, शाओमी एसयू ७ यसको लन्च भएको लगभग २४ घण्टा पछि मात्र स्टोरहरूमा आइपुगेको छ।
कार लन्चको दिन कम्पनीले आफ्नो लक्ष्य अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट ५ अटोमोबाइल कम्पनीमा पर्नु बताएको थियो। अमेरिकाको ईभी निर्माता टेस्लाको अटो बजारमा सबैभन्दा बढी हिस्सा छ।
शाओमी एसयू ७ इलेक्ट्रिक सेडान बारे कुरा गर्दा यसमा कम्पनीको अपरेटिङ सिस्टम दिइएको छ। यो ३ कलर भेरियन्ट एक्वा ब्लू, भर्डान्ट ग्रीन र मिनरल ग्रेमा उपलब्ध छ। कार लन्चको दिनमा, कम्पनीले यी कलर भेरियन्टहरूमा केही शाओमी स्मार्टफोन र घडीहरू पनि लन्च गर्यो।
कारको ठूलो उत्पादन यसै वर्ष सुरु हुनेछ। अबको केही महिनामा वितरण सुरु हुने बताईएको छ। चीन संसारको सबैभन्दा ठूलो अटोमोबाइल बजार हो, तर त्यहाँ पनि कमजोर माग जस्ता चुनौतीहरू बढ्दै गएको छ। जसका कारण अटोमोबाइल कम्पनीहरूबीच मूल्य घटाउने प्रतिस्पर्धा छ। २०२३ मा, टेस्लाले चीनमा आफ्नो ईभीको मूल्यमा ठूलो छुट दियो। टेस्लाले चीनको ठूलो ईभी निर्माता बीवाईडीबाट कडा प्रतिस्पर्धाको सामना गरेको छ।
शाओमी यस बजारमा आफ्नो लागि ठाउँ सिर्जना गर्न चाहन्छ। कम्पनीका प्रमुख कार्यकारी लेई जुनले पोर्श र टेस्लासँग तुलना गर्न सकिने कार बनाउने आफ्नो महत्वाकांक्षा रहेको बताए । कम्पनीले एक दशकमा करिब १० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । लेईले भने कि शाओमी कारहरूको स्वायत्त ड्राइभिङ क्षमता यस उद्योगमा अग्रणी हुनेछ।
प्रकाशित: १७ पुष २०८०, मंगलवार