
काठमाडौं ।
भारतीय इलेक्ट्रिक सवारी स्टार्ट-अप क्रिएटाराले आफ्नो दुई कन्सेप्ट दुई पांग्रे भीएस४ र भीएम४ पेश गरेको छ। आईआईटी दिल्लीका विकास गुप्ता र रिंगलोरेई पामेईको इलेक्ट्रिक सवारी स्टार्ट–अप क्रिएटाराले आईआईटी दिल्लीको रिसर्च एण्ड इनोभोसन पार्कमा भीएस४ र भीएम४ पेश गरेको हो।
यी दुई ईस्कुटर मोड्यूलर प्लेटफर्ममा आधारित भएको कम्पनीले जानकारी दिएको छ। रिपोर्टका अनुसार दुबै ईस्कुटर सेफ्टी, कस्टमाइजेशन र एडभान्स टेक्नोलोजी युक्त छ।
कम्पनीले यी स्कुटर शहरी प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यी स्कुटरको रेञ्ज १०० किलोमिटर भएको कम्पनीको दाबी छ।
साथै ईस्कुटरले ३.७ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको स्पीड र यसको अधिकतम स्पीड १०० किलोमिटर प्रति घण्टा छ।
ईस्कुटर फूल चार्ज हुन ४ देखि ५ घण्टा लाग्ने बताइएको छ। क्रिएटाराको दुबै स्कुटर सुरक्षित–स्टार्ट प्रविधि लगायत सुविधमा उपलब्ध हुनेछ। स्कुटरको ह्वील सुरु गर्नका लागि न्यूनतम राइडरको तौल आवश्यक पर्छ। यसमा सेन्सर र जीपीएस ट्याकिङ लगायत सुरक्षा फिचर छ।
स्कुटरले राइडरलाई अलग अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ। ईस्कुटरको मोड्यूलर ह्वील प्लेटफर्मले यसको डिजाइनलाई उत्कृष्ट र अन्य भन्दा भिन्न बनाउँछ।
प्रकाशित: १६ पुष २०८०, सोमबार