चीनको जासुसी बेलुनले अमेरिकाको इन्टरनेट चलाएको रिपोर्टमा खुलासा

  • Technology Khabar | १५ पुष २०८०, आईतवार
चीनको जासुसी बेलुनले अमेरिकाको इन्टरनेट चलाएको रिपोर्टमा खुलासा

काठमाडौं ।

सन् २०२३ को सुरुमा चीनले अमेरिकातर्फ एउटा जासुसी बेलुन पठाएको थियो । अब एक अमेरिकी अधिकारीले खुलासा गरेका छन् कि चीनले यो बेलुनमार्फत जानकारी संकलन गर्न अमेरिकी इन्टरनेट सेवा प्रदायकको प्रयोग गरेको थियो। जसको माध्यमबाट यसले नेभिगेसन र स्थानसँग सम्बन्धित डाटा ट्रान्सफर गर्यो।

सीएनएनको रिपोर्टकाअनुसार यस सम्बन्धबाट अमेरिकी गुप्तचर एजेन्सीहरू बेलुनको स्थान पत्ता लगाउन र महत्त्वपूर्ण जानकारी सङ्कलन गर्न सफल भएका थिए। तर, इन्टरनेट सेवा प्रदायकको नाम उल्लेख गरिएको छैन। तर रिपोर्टमा भनिएको छ कि जब बेलुन अमेरिका माथिबाट गुज्रिरहेको थियो, बेइजिङसँग संचार स्थापित गर्न सक्षम थियो।

अधिकारीहरूले भने कि नेटवर्क कनेक्सन चीनमा गुप्तचर डाटा फिर्ता पठाउन प्रयोग गरिएको थिएन। तर बेलुनले सबै महत्त्वपूर्ण जानकारीहरू आफैं भित्र राख्यो, ताकि यसलाई खोलेर पछि हेर्न सकियोस्। अमेरिकाले यो बेलुनलाई फेब्रुअरीमा नियन्त्रणमा लिएर निष्क्रिय पारेको थियो। र अधिकारीहरुले यसमा भण्डारण गरिएको जानकारीको विश्लेषण गरे।

त्यसबेला चीनले आफ्नो तर्फबाट आएको बेलुन मौसमी बेलुन भएको दाबी गर्दै आएको छ, जुन मौसमको जानकारी सङ्कलन गर्न उडाइएको थियो तर त्यो बाटो हराएको थियो। तर यसअघि सीएनएनले दिएको एक रिपोर्टमा अमेरिकी गुप्तचर निकायले उक्त बेलुन चिनियाँ सेनाको निगरानी कार्यक्रमको हिस्सा भएको पत्ता लगाएको थियो।

प्रकाशित: १५ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार