अनलाइन कारोबारमा निःशुल्क वाईफाई प्रयोग नगर्न प्रहरीको अनुरोध, यस्ता छन् जोखिम

Technology Khabar १४ पुष २०८०, शनिबार

काठमाडौं ।

नेपाल प्रहरीले अनलाइन भुक्तानी वा रकम स्थानान्तरण गर्न सम्भव भएसम्म निःशुल्क वाईफाई प्रयोग नगर्न अनुरोध गरेको छ।

प्रहरीले साईबर सुरक्षाका लागि जनहितमा जारी सूचनामा ‘कुनै पनि सार्वजनिक स्थानमा अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाईफाई प्रयोग नगर्नुहोस्,’ भनिएको छ।

पछिल्लो समय नेपालमा अनलाइन मार्फत हुने भुक्तानी बढेसँगै यससँग सम्बन्धित जोखिम पनि उच्च रहन्छ।

अनलाइन भुक्तानी गर्न निः शुल्क वाईफाई प्रयोग गर्दा नेटवर्कमा सम्भावित कमजोरीहरूको कारण सुरक्षा जोखिम हुन सक्छ।

निःशुल्क वाईफाई मार्फत अनलाइन भुक्तानी गर्दा हुने सम्भावित जोखिम यस्ता छन्ः

डाटा सुरक्षाको जोखिम
विशेष गरी सार्वजनिक स्थानमा रहेका निःशुल्क वाईफाई नेटवक प्रयोगकर्ताको डाटा सुरक्षाका लागि संवेदनशील हुन्छन्। यस्ता वाईफाई मार्फत ह्याकरहरूले प्रयोगकर्ताको डिभाइस र प्रयोगकर्ताले पहुँच गरिरहनु भएको वेबसाइटको बीचमा प्रसारित डाटा रोक्न सक्छन्। र, सम्भावित रूपमा क्रेडिट कार्ड विवरणहरू जस्ता संवेदनशील जानकारीहरूमा पहुँच प्राप्त गर्न सक्छ।

असुरक्षित नेटवर्क
सार्वजनिक वाईफाई हटस्पटहरु प्रया उचित इन्क्रिप्सन र सुरक्षा उपायहरुको अभाव हुन्छ। यसबाट ह्याकरहरु सजिलै प्रयोगकर्ताको अनलाइन गतिविधि निगरानी गर्न सक्छन्।

नक्कली हटस्पट
ह्याकरहरूले नक्कली वाईफाई नेटवर्कहरू तयार गरेका हुन्छन्। हेर्दा ति साँचिकैको वाईफाई नेटवर्क जस्तो देखिन्छ। तर वास्तवमा त्यस्ता वाईफाईमा कनेक्ट गराएर प्रयोगकर्ताहरूको जानकारी चोर्न प्रयोग गरिन्छ।

मालवेयर इन्जेक्शन
असुरक्षित नेटवर्क प्रयोगकर्ताको व्यक्तिगत र वित्तीय डाटामा सम्झौता गर्नुका साथ मालवेयर इन्जेक्ट गर्न पनि प्रयोग गर्न सकिन्छ।

प्रकाशित: १४ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया