
काठमाडौं ।
चिनियाँ सर्च जायन्ट बैदुको च्याटजीपीटी जस्तै एर्नी बोटले १०० मिलियन (१० करोड) भन्दा बढी प्रयोगकर्ता प्राप्त गरेको छ। चीनको इन्टरनेट कम्पनीका चिफ टेक्नोलोजी अफिसर वाङ हाइफेङले बिहीबार एर्नी बोटको १०० मिलियन प्रयोगकर्ता पुगेको जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।
प्रयोगकर्ताका आधारमा एर्नी बोटको माइलस्टोन बेइजिङमा डिप लर्निङ सम्मेलनमा घोषणा गरिएको हो। बैदुले गत अगस्टमा आमउपभोक्ताका लागि एर्नी बोट खुल्ला गरेको थियो। यस अघि एर्नी आंशिक रुपमा पाँच महिना भन्दा अधिक समय परीक्षणका लागि खोजिएको थियो। जहाँ छनोट गरिएका प्रयोगकर्ताले च्याटबोटको क्षमता परीक्षण गर्न सक्थे।
विश्लेषकहरुले मार्चको आंशिक अनावरणलाई निराशाजनक बनेका थिए। यसका बावजुत कम्पनीले बजारमा पहिलो प्रस्तावकको रुपमा लाभ लिइरहेको छ। त्यस धेरै साना तथा ठूला चिनियाँ कम्पनीहरुले आफ्नो जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स च्याट बोटहरु बनाएका छन्।
२०२२ को नोभेम्बरमा लन्च भएको ओपनएआईको च्याटजीपीटी पहिलो ६ महिनामा सबैभन्दा बढी प्रयोग हुने सफ्टवेयर एप बनेको थियो। तत्कालिन समयमा ओपनएआईलाई ८० अर्ब अमेरिकी डलर मूल्यको कम्पनी बताइएको थियो। जबकी ओपनएआइृको मूल कम्पनी एक नन्प्रोफिट (गैर लाभकारी) संस्था हो। यस्तोमा माइक्रोसफ्टले एक लाभकारी सहायक कम्पनीमा १३ अर्ब अमेरिकी डलर लगानी गरेको छ। जुन कम्पनीको ४९ प्रतिशत साझेदारी हो।
बैदुका सीईओ रोबिन लीले बारम्बार एर्नी बोट सम्बन्धित उत्पादनहरु मार्फत कम्पनीलाई सर्च इन्जिन, क्लाउड र स्मार्ट कारहरु लगायत मुख्यधारका व्यवसायहरुमा बजार साझेदारी हासिल गर्न मद्दत गर्ने सम्भाव्यतालाई जोड दिएका छन्।
प्रकाशित: १४ पुष २०८०, शनिबार